Comments Add Comment

रोनाल्डोले गरे सिजनको ५० औं गोल

Ronaldo celebrates after 50 Goal

६ वैशाख, काठमाडौं । क्रिष्टियानो रोनाडोको सिजनको ५० औं गोलको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा मालागालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै रियलले लिग लिडर बार्सिलोनासँगको अंक दुरी दुईमा झारेको छ र दबाव कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियलले २४ औं मिनेटमा रामोसको गोलबाट अग्रता लियो । ६७ औं मिनेटमा रियलले पेनाल्टी पायो । तर, स्टार स्ट्राइकर रोनाल्डो पेनाल्टीमा गोल गर्न चुके ।

लगतै जेम्स रोड्रिग्जेलले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । तर, ७१ औं मिनेटमा लोपेलले गोल गर्दै मालागालाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको अन्तिममा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए । यो रोनाल्डोको सिजनको ५० औं गोल हो ।

जितसँगै रियल मड्रिडको ३२ खेलबाट ७६ अंक भएको छ । मेस्सीको ४०० औं गोलको मदतमा भ्यालेन्सियालाई हराएको लिग लिडर बार्सिलोनाको ७८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment