+

पाकिस्तान सुपर लिगको बाँकी २० खेल यूएईमा हुने

२०७८ जेठ  ७ गते १५:०० २०७८ जेठ ७ गते १५:००
पाकिस्तान सुपर लिगको बाँकी २० खेल यूएईमा हुने

७ जेठ, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं संस्करणका बाँकी खेलहरु यूएईमा हुने भएको छ । यूएई सरकारले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को प्रस्तावलाई स्वीकृत गरेपछि यस संस्करणको बाँकी २० खेल यूएईको अबुधाबीमा हुने भएको हो ।

यसअघि पाकिस्तानकै कराँचीमा भएको प्रतियोगिता कोभिड-१९ का कारण स्थगित गरिएको थियो । कराँचीमा फेब्रुअरी २० मा सुरु भएको प्रतियोगितामा ७ जनामा कोभिड संक्रमण देखिएपछि पीसीबीले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

पीएसएलका फ्रेन्चाइजहरुले पाकिस्तान क्रकेट बोर्डलाई लिगका बाँकी खेल यूएईमा गराउन आग्रह गरेका थिए । त्यसैल अनुसार बोर्डले यूएईलाई प्रस्ताव गरेको थियो र त्यो स्वीकृत भएको हो ।

यसअघि पीसीबीले बाँकी रहेका खेलहरु जुन २ देखि सुरु गर्ने जनाएको थियो । तर अब यूएईमा हुने भएपछि कुन मितिमा हुने भन्ने सार्वजनिक भएको छैन ।

पीएसएलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फेरी सुरु हुने भएपछि ६ वटै टिमका कप्तानले यस निर्णयलाई स्वागत गर्दै खेल्न उत्सहित भएको प्रतिक्रिया दिएका छन् । नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि अफगानिस्तानको रासिद खानको रिप्लेसमेन्ट प्लेअरको रुपमा लाहोर कलन्दर्सको टिमबाट खेल्न कराँची पुगेपनि कोभिड-१९ का कारण लिग स्थगित हुँदा एक खेल पनि नखेली फर्केका थिए ।

प्रतियोगिता रोकिनुअघि कराँचीमा १४ खेल भएका थिए । जसमा कराँची किंग्स, पेसावर जाल्मी, इस्लामावाद युनाइटेड र लाहोर कलन्दर्सले समान ६ अंक जोडेका थिए । रनरेटका आधारमा कराँची शीर्ष स्थानमा छ ।

पाकिस्तान सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय