Comments Add Comment

क्यारेबियन प्रिमियर लिग अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म हुने

७ जेठ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म आयोजना हुने भएको छ ।

सीपीएलको नवौं संस्करण यसअघि नै सेन्ट किट्स एण्ड नेभिसमा हुने निर्णय भइसकेको छ । प्रतियोगिताको सबै ३३ खेल त्यहाँको वार्नर पार्क स्टेडियममा खेलाइनेछ ।

गत वर्ष सबै खेल ट्रिनिदाद एण्ड टोबागोमा गरिएको थियो । सीपीएलका सिओओ पिट रसेलले २०२१ को सीपीएलका लागि मिति तय भएपछि उत्साहित भएको बताएका छन् । उनले सेन्ट किट्स एण्ड नेभिस सरकारलाई यस सिजनको प्रतियोगिता आयोजना गर्न सहमत भएका धन्यवाद समेत दिएका छन् ।

गत सिजन नेपालका सन्दीप लामिछाने जमाइका तल्हवाजबाट खेलेका थिए । तर सेमिफाइनलमा जमाइका पराजित भयो । काएरन पोलार्ड कप्तानीको ट्रिनिबागो नाइट राइडरसले अपराजित रहँदै गत सिजन उपाधि जितेको थियो ।

यस सिजनका लागि सहभागी ६ मध्ये ५ फ्रेन्चाइजले प्लेअर रिटेन्सन गरेका छन् । जमाइकाले भने खेलाडी रिटेन गरेको छैन । त्यसैले सन्दीपलाई खेल्ने नखेल्ने टुङ्गो छैन ।

त्यसअघि सन्दीप इंगल्याण्डमा हुने दुई प्रतियोगिताका लागि भने अनुबन्धित भइसकेका छन् । जुन ९ देखि सुरु हुने ऐइटलिटी टी-२० ब्लास्टका लागि सन्दीप वर्सेस्टरायरमा अनुबन्ध भएका छन् भने पहिलो पटक हुन लागेको दी हन्ड्रेड क्रिकेटका लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् । दी हन्ड्रेड जुलाई २१ देखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment