Comments Add Comment

जम्दैछ निता र जिवनको जोडी

jiwan-and-neeta
नेपाली चलचित्रमा कमै मात्र जोडी सफल भएको पाइन्छ । नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी सफल भयो । यसपछि पनि केही जोडी चलचित्रमा जमेको पाइयो ।

हुनत, केही चलचित्र चल्दैन कलाकार जमेको भन्न मिल्दैन । तर, पनि चलचित्र ‘नोटबुक’ हिट भएपछि चलचित्र क्षेत्रमा जोडीको रुपमा चर्चा बटुलेका नायक जिवन लुइटेल र नायिका निता ढुंगाना ‘भुल भूलैया’मा पनि चर्चित बने ।

दुई चलचित्र चलेपछि यो जोडीलाई लिएर निर्देशक कृष्ण पौडेलले निर्देशन गरेको चलचित्र ‘धुन’को पनि चर्चा चुलिएको छ । यो चलचित्रबाट पनि जिवन र निताको जोडी सफल हुन्छ भन्ने विश्लेषण चलचित्र बजारमा सुनिन थालिएको छ ।

वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र म्यूजिक लभ स्टोरीमा आधारित छ । यो चलचित्रमा श्रेया दुलाल, मुकेश ढकाल, उमा बेबीको मुख्य भूमिका छ ।

मालती शाहको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई सुशिल शाह, विनोद भट्ट, मधुसुदन भट्टराई, श्रेया दुलालले मिलेर बनाएका हुन् । चलचित्रमा लक्की सिटौलाको संगीत, विरेन्द्र भट्टको छायांकन छ ।

यो चलचित्र पनि चलेको खण्डमा जिवन र नितालाई लिएर चलचित्र बनाउनेहरुको संख्या बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment