Comments Add Comment

चेन्नईविरुद्ध राजस्थानको शानदार जित

Ajinkya-Rahane-and-Shane-Watson

६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि शानदार जित हात पारेको छ ।

अजिक्या रहाणे र शेन वाट्सनको कीर्तिमानी साझेदारीको मदतमा राजस्थानले चेन्नईलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।

चेन्नईले प्रस्तुत गरेको १५७ रनको लक्ष्य राजस्थानले १८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

उसका लागि रहाणे र वाट्सनले पहिलो विकेटका लागि १४४ रनको साझेदारी गरे । यो पहिलो विकेटका लागि आईपीएलमा राजस्थानको अहिलेसम्मकै ठूलो साझेदारी हो ।

वाट्सन पहिलो विकेटका रुपमा ७३ रनमा आउट भए । स्टिभ स्मिथ ६ रनमै आउट भए । रहाणे ७६ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । उसका लागि ड्वेन ब्राभोले ३६ बलमा ६२ रन बनाए भने ड्वेन स्मिथले ४० र महेन्द्र सिंह धोनीले अविजित ४० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment