Comments Add Comment

अभय कुमारको कविता संग्रह आउँदै

भारतीय कवि-कूटनीतिज्ञ अभय कुमारको जात्रा नामक कविता संग्रह तयार भएको छ । कविताको २२ अपि्रलमा काठमाडौंस्थित सिटी म्यूजियममा विमोचन हुनेछ ।

JATRA-COVER-PAGEपुस्तक लोकार्पण पश्चात अभय कुमार र इटालियन कलाकार तार्शितोले नेपालका वारेमा सृजना गरेको काव्य-चित्रकला प्रदर्शनीको पनि शुभारम्भ हुनेछ ।

जात्रा अभय कुमारले तीन वर्षे आफ्नो नेपाल वसाईका क्रममा प्रख्यात निशानी र सम्पदाको साथै प्रतिष्ठित ऐतिहासिक व्यक्तित्वहरु तथा चाडपर्वको वारेमा लेखेको कविता संग्रह हो ।

मौलिक रुपमा अंग्रेजी भाषामा दि एइट आइड लर्ड अफ काठमाडौं शिर्षक अन्तर्गत संग्रहित कविताहरुमा उनले नेपालको काव्यात्मक चित्र प्रस्तुत गर्ने प्रयास गरेका छन् । लेखक किशोर नेपालद्वारा अनुवाद गरिएका कविताहरुलाई कथालय इन्कको वी रिड छापाखानाले मुद्रण गरेको हो ।

इटालियन कलाकार तार्शितोले पुस्तकलाई आकर्षक किसिमले सचित्र प्रस्तुत गरेका छन् ।

कवि एवं नाटककार अभि सुवेदी भने-‘अभय कुमारका कविताहरुले माया, सम्मान र प्रेरणाको स्रोतको रुपमा एउटा नवीन नेपाल प्रस्तुत गर्दछन् ।’

आइरिस कवि ग्याबि्रयल रोजेनस्टकले अभय कुमारका कविताहरु जीवनको उपहार र यसको कोमल बुनोटको गहिरो मानवीय प्रशंसाले झलमल रहेको बताएका छन् ।

भारतीय कवि-कूटनीतिज्ञ अभय कुमारका दुई संस्मरण र पाँच कविता संग्रह प्रकाशित छन् । उनको भर्खरै प्रकाशित दि सिडक्सन अफ दिल्ली नामक कविता संग्रह सबैभन्दा धेरै विक्रीहुने पुस्तक मध्येमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment