Comments Add Comment

प्रियंकादेखि नीतासम्मः नेपाली नायिकाहरूको प्रेमपत्र अनुभव !

indira-and-nandita

काठमाडौं । रिल लाईफमा पटक-पटक प्रेम गरेका छन् नायिकाहरुले । रिल र रियलविच तुलना गर्न मिल्दैन । तर, धेरै नायिकामा एउटा समानता भेटिन्छ, प्रायः स्कुल पढ्दै ताक प्रेमपत्र पढेका थिए उनीहरुले ।

कतिले धेरै पढे, कतिले थोरै । तर, स्कुल पढ्दा प्रेमपत्र नपढ्ने हिरोईन भेटिदैनन् । अनलाइनखबरसंगको कुराकानीमा धेरै हिरोईनले स्कुलमै केटा साथीको प्रेमपत्र आएको सुनाए । त्यसरी प्रेमपत्र पढ्ने मध्ये कोही असाध्यै खुसी भए त कोही दुःखी ।

कतिपय नायिका यस्ता पनि थिए प्रेमपत्र आउनुलाई आफ्नो प्रतिष्ठाको विषय समेत मान्थे । यसरी स्कुल पढ्दैताक प्रेमपत्र पढ्ने हिरोईन्हरु यस्ता छन् ।

केकी अधिकारीः कक्षा १० मा पढ्दा पहिलोपटक प्रेमपत्र हात परेको थियो । आफुभन्दा दुई कक्षा कम ८ कक्षामा पढ्ने भाईले उनलाई प्रेमपत्र लेखेको थियो । त्यो पनि भ्योलेन्टाईन डेकै अवसरमा ।

उनलाई अहिले पनि सम्झना छ, त्यो चिठी पढेर उनी खुसी हुन सकिनन् । डरले हात थरर काप्यो । चिट्ठी पढ्दै नपढी फालिन् र घर गईन् अनि रोईन । ‘अहिले सम्भिmदा आफैंलाई हाँसो लाग्छ ।’ उनले भनिन् । त्यो प्रेमपत्रको वारेमा त्यसपछि फेरी केही सोचिनन् उनले । र, फेरी त्यस्तै अरु घटना भएनन् ।nita-anda-priyanka

प्रियंका कार्कीः प्रेमपत्र आउनु पनि प्रतिष्ठाको विषय हो जस्तो लाग्थ्यो पि्रयंका कार्कीलाई । प्रेमपत्र आउँदा आफुलाई राजकुमारी नै ठान्थिन् उनी । उनले भने आफैले कहित्यै प्रेमपत्र लेखिनन् । तर, धेरै पढि्न । प्रेमपत्र आएपछि मज्जाले पढ्ने बानी थियो उनको । आठ कक्षामा पढ्दै गर्दा प्रेम गरेको सम्झना छ उनलाई ।

‘एउटा केटा थियो, उसले मलाई खुब हेथ्र्यो, म पनि हेर्थें, त्यहि नै प्रेम थियो ।’ प्रियंकाले भनिन् । त्यतिवेला प्रेम किन, केका लागि भन्ने केही थाहा थिएन । उनी सम्झन्छिन् ‘त्यो बेला त्यस्तै थियो, हेराहेर गरेको भरमै लभ परे जस्तो लाग्थ्यो ।’

नीता ढुंगाना :  उनका पनि पछि लाग्नेहरु स्कुल पढ्दैदेखि थिए । कक्षा ४ मा पढ्दा पहिलो पटक प्रेमपत्र हात पारेकी थिईन् उनले । आफुलाई प्रेमपत्र लेख्ने केटालाई पटक्कै वास्ता नगरेकी नीता आफैंले भने आजसम्म प्रेमपत्र लेखेकी छैनन् ।

इन्दिरा जोशीः उनका साथीका दाईहरुले नै लाईन मार्न खोज्थे इन्दिरा जोशीलाई । स्कुलमा अलि बढी अराजक छवि बनाएकी इन्दिराको समुहलाई शिक्षकहरुले ‘झाँसीकी रानी’ को उपाधी दिएका थिए ।

त्यही कारण पनि उनलाई कसैले प्रेमपत्र लेख्ने हिम्मत गरेन । ईन्दिरा भन्छिन ‘हामी केटाहरुलाई यति धेरै हेप्थ्यौं कि, उनीहरुले प्रेमपत्र लेख्ने हिम्मतै गरेनन् ।’

नन्दिता केसीः स्कुलमा हुने साँस्कृतिक कार्यक्रममा सक्रिय थिईन् नन्दिता केसी । हेर्दा राम्री, नाँच्न जान्ने, उनलाई मन पराउनेहरु धेरै थिए । ७ कक्षा पढ्दा पहिलो पटक प्रेमपत्र हातमा परेको थियो उनलाई ।

उनले पनि जवाफमा कहिल्यै पत्र लेखिनन् । तर, उनलाई पत्र लेख्नेहरु धेरै थिए । उनी भन्छिन ‘कति चिट्ठी त पढ्दै नपढी फालिदिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment