Comments Add Comment

नेपालको विजयी सुरुवात, भुटानको पोष्टमा भारतको १२ गोल

Nepal-Vs-Iran

७ वैशाख, काठमाडौं । एएफसी यू-१४ गल्र्स क्षेत्रीय फुटबल च्याम्पियनसिपमा साविकको विजेता नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालनामा भएको खेलमा नेपालले इरानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । नेपालले सरु लिम्बुको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटवछि इरानले गोल फर्कायो ।

३२ औं मिनेटमा नेपालले फेरि अग्रता लियो । रेखा पौडेलले गोल गरेकी हुन् । दोस्रो हाफको सुरुमा नै रेखाले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले ३-१ को अग्रता लियो ।

७० औं मिनेटमा इरानले गोल गर्दै अग्रता ३-२ मा झार्‍यो । खेलमा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।

अर्को खेलमा भारतले भुटानलाई १२-० गोल अन्तरले पराजित गरेको छ । भारतको जितमा करिश्माले चार गोल गरिन् भने थाइल्याण्ड देवीले हृयाट्रिरक पुरा गरिन् ।

अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ६-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment