Comments Add Comment

काठमाडौं भन्दा सिन्धुपाल्चोकमा बढी मानवीय क्षति

१४ वैशाख, काठमाडौं । महाभूकम्पबाट मृत्यु हुनेहरुको संख्या ३ हजार  ३ सय ५३ पुगेको गृहमन्त्रालयले जनाएको छ । सोमबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको  छ।

गृहमन्त्रालयले सोमबार पत्रकारहरुलाई दिएको औपचारिक सूचना अनुसार सोमबार बिहान ११ बजेसम्म ३३ सय ५३ को मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी  सिन्धुपाल्चोकमा ८७५ जनाको शव फेला परेको छ ।

काठमाडौंमा मृत्यु हुनेको संख्या ८०२ पुगेको छ । भक्तपुरमा २३२ जनाको शव भेटिएको छ भने ललितपुरमा १५५, काभ्रेमा १९१, रसुवामा १५० र नुवाकोटमा १६० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । भूकम्पको जोखिममा परेको धादिङमा २४७ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयले दिएको विवरण अनुसार अहिलेसम्म घाइतेहरुको संख्या ६ हजार ३ सय ३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment