Comments Add Comment

दाह्री कपाल काट्ने मान्छे पाइएन : उद्योगमन्त्री

२८ काठमाडौं । उद्योग मन्त्रालयले राजधानीमा युवाहरुलाई दाह्री कपाल काट्ने तालिम सञ्चालन गर्ने भएको छ । त्यसैगरी गाउँगाउँमा घर निर्माणका लागि डकर्मीसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी उद्योग मन्त्रालयले गरेको छ ।

‘भूकम्प आएपछि राजधानीका सैलुन बन्द गरेर कपाल काट्नेहरु इण्डियातिर लागे, यहाँ कपाल काट्ने मान्छे पाइन छाड्यो,’ उद्योगमन्त्री महेश बस्नेतले अनलाइनखबरसँग भने, ‘त्यसैले युवालाई दाह्री कपाल काट्ने तालिम दिन लागेका हौं ।’

त्यसैगरी भूकम्प प्रभावित गाउँहरुमा घर निर्माणका लागि प्राविधिकको आवश्यकता खड्किएकाले उद्योग मन्त्रालयले गाउँ गाउँमा डकर्मीसम्बन्धी तालिम सञ्चालन गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment