Comments Add Comment

भूकम्पबाट जोगिने पूर्वसूचना पाउन सकिन्छ

डा. अम्बरिश पोख्रेल, त्रिभुवन विश्वविद्यालय 
डा. भगवती कुँवर पोख्रेल, होक्कैदो विश्वविद्यालय, जापान

प्राकृतिक विपत्तीको एउटा नियम केहो भने यो अकस्मात आउने हैन र त्यसको लागि धेरै कुराहरुको गठजोड चाहिने हुन्छ । तर त्यो कुन गतिमा देखापर्छ भन्ने कुरा त्यसको नियमहरुमा भर पर्ने हुन्छ । अर्थात् नियमित आकस्मिकता र त्यो आकस्मिकताको गती कहिले कही जान्न वा थाहा पाउन गाह्रो भएको अबस्था हो यो भूकम्प भन्ने कुरा । तर त्यो आउनेवाला छ भन्ने कुरा कम्तिमा पनि थाहा हुनसक्छ ।

अम्बरिश पोख्रेल र भगवती कुँवर पोख्रेल
अम्बरिश पोख्रेल र भगवती कुँवर पोख्रेल

यहि कुरालाई ध्यानमा राखेर जापानका अनुसन्धानविदहरुले एउटा प्रविधिको विकास गरेका छन्, त्यो हो कुनै पनि सम्भावित बिपत्ती आउनुपूर्व त्यसको संकेत दिनु । प्राकृतिक विपत्तीदेखि लिएर अरु हुन सक्ने ठूला ठूला बिपत्तीहरुमा पूर्व जानकारी दिनु ।

उनीहरुले जापान सरकारलाई बाध्य पारेर त्यो प्रविधि लागु गराएका छन् । त्यो लागु गराउन बाध्य पार्ने काम साधारण जनताको हैन कि सम्बन्धीत बिज्ञको हो । त्यो बुझ्ने र बुझाउने काम उनीहरुको नै हो । त्यो प्रविधि बुझाउन सकिदैन भने लागु गर्ने वा लागु गर्न सरकार बाध्य नहुन सक्छ । अहिले नेपालमा भएको यहि हो ।

कोहि कोहिले भूकम्पलाई पैसा कमाउने पेशाको रुपमा संस्था खोलेर बसे । तर जो मान्छेहरु इमान्दार तर विषयका दिग्गज बिज्ञ थिए, उनीहरुको आवाज कम्जोर थियो वा पारियो । तर अब त्यो गर्नु भएन । यहि हाम्रो ठूलो कमजोरी हो । यहि कुरा अब आउने मनसुनको लागि पनि सत्य हो ।

नेपालका हामी जÞल तथा मौषमविदहरुले पनि त्यो गर्न सकेका छैनौं र बरु हामी विदेशीको कुरा विश्वास गर्छौं तर नेपालीको गर्दैनौं । हामीले हाम्रो कमजोरी जनतामा देखाउन चाहन्नौं । अनि जनताले सत्य के हो थाहा पाउदैनन् र जनताले पनि तिरस्कार गर्ने गर्छन् ।

त्यसो भए समस्या केमा छ भन्ने कुरा प्रमुख हो र त्यो कुराको चर्चा नगरी यसको समाधान भेटिदैन । हामीले सबै कुरा हाम्रा शासक वा नेतामा थुपारेर दोषमुक्त हुने काम गर्छौं । त्यो गर्नु सजिलो छ । कुनै जिम्मेबारी लिनु परेन । तर त्यो केवल स्वार्थी कुरा मात्र हो । सहि र सत्य कुरा जसले भन्दा वा सिकाउदा पनि हुन्छ । सामाजिक दायित्व सबैको हुन्छ । अरुको मुख ताक्ने र अरुलाई गालि गरिरहने प्रवृत्ति पनि बन्द हुनु जरुरी छ । सकेको मिलेर गरौं ।

त्यसैले पहिला हामीले यो जान्नु जरुरी छ कि केकालागि बोल्ने ? कसको लागि बोल्ने ? अनि किन बोल्ने ? बोलेर के हुन्छ ? तर हाम्रो नेपालमा त कसले यसको फाइदा लिने छ भन्ने कुरा प्रमुख देखिने गरेको छ ।

अनुसन्धान एउटा पेशा हो र पेशा बनिसकेपछि त्यहाँ इमान्दारिता चाहिने हुन्छ । जहाँ इमान्दारिता छ त्यहाँ ठूला-ठूला र नयाँ-नयाँ अवसरहरु आउने गर्छन् । अर्थात् त्यो अनुसन्धान हामी मानब जातीको लागि प्रयोग हुने गर्छ । त्यो प्रयोग गर्ने र गराउने काम राज्यको हो । राज्यलाई सिकाउने काम तिनै अनुसन्धानविदहरुको हो । तर हाम्रो नेपालमा के भईरहेको छ ? के हामी त्यो धर्म निर्वाह गरिरहेका छौं त ? यदि छौं भने किन हामीले गर्न सक्ने सानातिना काम वा पूर्वाधार पनि निर्माण गरेनौं वा गर्न लगाएका छैनौं ? यसको कारण के हो ? यसको प्रस्ट कारण छ, हामी नेपाली हाम्रो समाजको लागि बोल्ने र लेख्ने वा काम गर्ने प्रवृत्ती निकै थोरै छ ।

जापानमा दिनको धेरैपटक पनि भूकम्प जाने गर्छ । कहिले ठूलो र कहिले सानो त हुने नै भयो । जनता यहाँको भूकम्पदेखि डराउने, तर्सने वा भाग्ने गर्दैनन् । उनीहरु अब अभ्यस्त भैसकेका छन् अर्थात् सानोदेखि नै बानी परेको छ । जस्तै यहाँका साना साना बालबालिकाले पनि भन्न सुरु गरिसकेका हुन्छन् कि ‘पापा आज हल्लायो’ । ‘ऊ त्यहाँ हेर्नु त त्यो आज हल्लेको थियो भूकम्प पो हो कि ?’ भनेर सोध्ने गर्छन् । उ डरायर सोध्दैन कि बानी परेर नियमितताको एउटा पाटोको रुपमा सोध्ने गर्छ ।

त्यो देख्दा मैले सँधै हामी साधारण नेपाली जनता र हाम्रो राज्यका हर्ताकर्ता सम्झन्छु । अनि नेपालमा यो मेरो बिषय हो र यो तेरो बिषय हो भनेर राप अलाप्ने तर समाज तथा जनताको लागि कहिले नबोल्ने । ब्यक्तिगत लाभको लागि अर्थात् कुनै प्रोजेक्ट हात पारेर अनुसन्धानका नाममा पैसा मात्र असुल्ने प्रवृत्ति धेरै हावी छ । अर्थात् नेपालका दिग्गज भन्नेहरुको ध्यान पैसा कमाउ हो । पेशाप्रति कुनै इमान्दारिता छैन । तिनैले अरुको डाह र रिस गर्नु ठूलो कुरा भएन पनि । तर हाम्रो राज्य यस्तै मान्छेहरुले घेरिएको छ ।

मोबाइलबाट पूर्व जानकारी

जापानीहरुले पनि केही सेकेण्ड अगाडी मात्र भूकम्प आउँदै छ भनेर भन्न सक्छन् । तर उनीहरुले त त्यही अनुसारको प्रणालीको विकास गरेका छन् । उनीहरुले त्योबाट बँच्ने वा सावधानीको लागि राम्रा राम्रा प्रविधिहरु विकास गरेका छन् । त्यो प्रविधि हामीले पनि सजिलै प्रयोग गर्न सकिन्छ । त्यो हो हाम्रो मोबाइलमा केही सेकेण्ड अगाडी घन्टी बज्नु । अर्थात् अटोमेटिक अलार्म बज्नु । त्यसबाट हामीले सजिलै साबधानी लियर सुरक्षित स्थान वा सुरक्षित मनस्थिति बनाउन सक्छौं ।

जापानमा भूकम्प आएको कति समयमा मोबाइल फोनमा अलार्म लाग्छ भन्ने कुरा भूकम्पको उदगमस्थल अनुसार फरक पर्दछ । जस्तै जापानको पूर्वी समुन्द्रमा भूकम्प आएमा नागोया सहरमा २५ सेकेन्ड अगाडि अलार्म लाग्दछ भने टोकियो शहरमा ४० सेकेन्ड अगाडि लाग्दछ । किनकी भूकम्पको धक्का नागोया सहरमा पुग्न भन्दा टोकियो सहरमा पुग्न धेरै समय लाग्दछ । यो कुरा हावा होइन वास्तविक हो ।

जापानमा मोबाइलमा मात्र होइन, तुरुन्त लाउड स्पिकरबाट विशेष आवाज पनि दिइन्छ । जोसँग मोबाइल छैन उनीहरुले पनि थाहा पाउन् भनेर यसो गरिएको हो । यति मात्रै होइनकी जापानमा सार्बजनिक सूचनाको लागि पनि हरेक ठाउँमा सबैले सुन्ने गरी लाउड स्पिकर राखिन्छ । यो कुराको भुक्तभोगी हुनुहुन्छ जापानी नागरिक हाम्रा साथी इन्जिनियर केशव पोख्रेल ।

अब यो प्रणाली नेपालमा पनि प्रयोग गर्नुपर्छ भनेर नेपालका बिज्ञले किन भनेन् वा अझै पनि किन भन्दैनन् ? किन लेख्ने र बोल्ने आँट गर्दैनन् ? कारण स्पस्ट छ, उनीहरुलाई त्यसको मतलव छैन । जनताको लागि कहिले केहि नबोल्ने र सम्बन्धित निकायमा केहि कुरा पनि नराख्ने तर अरुको डाह र रिस गर्दै हिँड्ने प्रवृत्ति नेपालका विज्ञहरुमा देखियो ।

अब यसो गरौं

अब छिटो भन्दा छिटो नेपाल सरकारलाई यो विषयमा बाध्य पार्नु जरुरी छ । यो काम हरेक गाविसमा गराउन सकिन्छ, तर राज्यले चाहेमा मात्र । त्यति मात्र हो र ठूलो आँधी हुरी आउने कुरा त झन् धेरै घण्टा आगाडि पो थाहा पाउन सकिन्छ । यसैगरी हाम्रा नदीहरुमा बाढी आउँदै छ वा छैन भन्ने कुरा पनि बताउन सकिन्छ । त्यसको लागि हाम्रो सरकारले नेपाल टेलिकमसँग मिलेर त्यो चेतावनी प्रणाली राख्नु जरुरी छ । त्यो टेलिकमले पुनः मोबाइल कम्पनिसँग मिलेर केहि थप सुविधा हाल्नुपर्ने हुन्छ । बस् त्यही मात्र हो ।

त्यसको लागि टेलिकमले सहायकको भूमिका निभाउनु पर्ने हुन्छ । अब त्यो किन नगर्ने ? अब कम्तिमा पनि हामी जल तथा मौसमविद, भूगर्वविददेखि लिएर विपत्ती सम्बन्धी काम गर्ने नेपालका अरु संस्थाहरु मिलेर एक स्वरमा त्यो कुरा लिएर सरकारलाई किन बाध्य नपार्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment