Comments Add Comment

समिक्षाः ‘तनु वेड्स मनु रिटर्न्स’ मा कंगनाको अर्को कमाल

tanu-weds-manu759

चलचित्र : तनु वेड्स मनु रिटर्न्स
निर्देशक : आनन्द एल राय
कलाकार : कंगना रनौत, आर माधवन, जिमी शेरगिल, स्वरा भास्कर, दीपक डोबरियाल, जीशान अयुब आदी
कंगना रनौत र आर माधवन अभिनित फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’ रिलिज भएको छ । यो फिल्म सन् २०११ मा रिलिज भएको आनन्द एल रायको सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ को सिक्वेल हो ।

अघिल्लो फिल्ममा झगडा र विभिन्न घटनाक्रमपछि तनु र मनु श्रीमान श्रीमति बनेका थिए । तर, सिक्वेलमा विवाहको चार वर्षपछि सम्बन्धले नयाँ मोड लिन्छ ।

कथा

लण्डनमा बस्दै आएका तनु (कंगना रनौत) र मनु (आर माधवन) विवाहको चार वर्षपछि सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुग्छन् । दुबै छुट्टा छुट्टै समयमा भारत फर्किन्छन् । मनुलाई लाग्छ, तनु सुध्रन्छे र फेरी पनि सम्बन्ध स्थापित गर्न सकिन्छ, तनुको मनमा अझै बाँकी छ मनुप्रतिको माया । यता मनु आफ्नो पुराना प्रेमीहरुसँग समय बिताउन थाल्छ ।

यही क्रममा मनुको आँखा हरीयाणाको एथलीट दत्तो (कंगना)माथी पर्छ । जो असाध्यै राम्री भएकी कारण पहिलो नजरमै मन पर्छ मनुलाई र दत्तोसंग घरजम गर्न चाहन्छ मनमनै दत्तोलाई मन पराउँछ । बोल्ड र बिन्दास तनुले त्यसपछि के गर्छे, फिल्म नहेरी भन्न सकिन्न ।

स्क्रिप्ट

भनिन्छ फिल्मको जीवन भनेकै स्क्रिप्ट हो । हिमांशु शर्माले गतिलो कथा लेखेका छन् । संवाद यति चुस्त छ कि सामान्य शब्दले पनि हसाँउछ । स्क्रिप्ट उत्तिकै राम्रो छ । कँही कतै दिक्क लाग्दैन फिल्म हेर्दा ।

अभिनय

कंगनाले फेरी एकपटक राम्रो अभिनय गरेर आफ्नो पुरानो छविलाई कायम राखेकी छिन् । दत्तो र तनु दुबै चरित्र निर्वाह गरेकी कंगनाको अभिनयमा खोट लगाउने ठाउँ भेटिदैन । दत्तोको भुमिकामा कंगनाले कमाल गरेकी छिन् । उनको अभिनय यति बेजोड छ कि, दर्शकले अरु कुरा सोच्नै भ्याउँदैनन् ।

आर माधवनले पनि श्रीमान् र प्रेमीको भुमिकामा न्यायपूर्ण अभिनय गरेका छन् । उनको संवाद बोल्ने शैलीमा नविनता छ । यसमा एकजना नयाँ पात्र छन् जीशान अयुब । जसले पहिलो फिल्ममै गहिरो छाप छाडेका छन् । तर, अर्का कलाकार स्वरा भास्वर त्यति जम्न सकेका छैनन् ।

संगीत

फिल्मको गीतले फिल्म रिलिज हुनुअघि नै दर्शकलाई सन्तुष्ट बनाईसकेको छ । फिल्ममा राखिएका तीन गीत कथाको आवश्यकता भएकाले गीत आउँदा दर्शकले झर्को मान्दैनन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment