Comments Add Comment

नेपाली सेनालाई चीनले दियो दुई ओटा मोवाइल फिल्ड अस्पताल

११ जेठ, काठमाडौं । चीनले पूर्व घोषणा अनुसार नेपाली सेनालाई दुई ओटा मोवाइल फिल्ड अस्पताल हस्तान्तरण गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले जगदल गण छाउनीमा प्रधानसेनापति गौरब शम्शेर जबरालाई अस्पताल हस्तान्तरण गरे । सेनापति जबराको चीन भ्रमणका क्रममा ५९ मिलियन आरएमबी बराबरको दुई ओटा मोवाइल फिल्ड अस्पताल दिने सम्झना भएको थियो ।

सोमबार हस्तान्तरण भएको प्रत्येक मोबाइल फिल्ड अस्पतालमा १२ बटा गाडी प्रयोग हुनेछ । सैजिक जनसम्पर्क निर्देशनालयका अनुसार २४ बटा गाडी र मोबाइल अस्पतालको स्पेयर पाटर्स तथा १० टन क्षमताको ८ बटा ट्रक हस्तान्तरण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment