Comments Add Comment

बाँकेबाट भूकम्प पीडितलाई २२ हजार क्विन्टल चामल पठाइयो

अारपी सुवेदी

१२ जेठ, बाँके । भुकम्प पीडितहरुका लागि बाँकेबाट मात्रै झण्डै २२ हजार क्वीन्टल चामल र पाँच हजार क्विन्टल दाल प्रभावित जिल्लाहरुमा पठाईएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेले स्थापना गरेको भुकम्प पीडित राहत सहयोग डेस्कले दिएको जानकारी अनुसार बाँकेबाट विभिन्न १० प्रकारका खाद्य तथा त्रिपाल, म्याट्रेस, कम्मल प्रभावित क्षेत्रमा पठाईएको छ ।

डेस्कका प्रमुख तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले दिएको जानकारी अनुसार बाँकेबाट चामल २१ हजार ७ सय ५६ क्विन्टल, चिउरा ७४ क्विन्टल ३८ किलो र चाउचाउ १ हजार २ सय ८५ कार्टुन, भुजा ७ क्विन्टल विभिन्न जिल्लाहरुमा पठाईएको छ ।

यसैगरी विस्कुट १ हजार ५ सय ८ कार्टुन, पानी ५ हजार २ कार्टुन, १ हजार २ सय बोतल र सानो पाकेट ७ हजार पाकेट, चिनी, १ सय ६५ क्विन्टल ८३ किलो, नमकिन दालमोट ४ क्विन्टल ५० किलो, १ हजार ७ सय ६७ कार्टुन, १ हजार ८ सय २५ बोरा र ५ हजार पाकेट, दाल ५ हजार १२ क्विन्टल १० किलो र नून २ सय २१ क्विन्टल ९८ किलो खाद्य सामाग्री विभिन्न जिल्लाहरुमा पठाईएको छ ।

बाँकेबाटै भुकम्प पीडितको लागि ८४ हजार ३ सय ५५ त्रिपाल, म्याट्रेस २१ हजार ७ सय ८० थान र ५९ रोल, कम्मल ५३ हजार १ सय २० थान सामाग्रीहरु विभिन्न संघसंस्थाहरु मार्फत प्रभावित क्षेत्रमा पठाईएको छ ।

हेल्प डेस्क प्रमुख सहायक प्रजिअ एमसीले विभिन्न जिल्लामा वितरणको लागि लगिएको सामान वितरण गरे नगरेको बारेमा ताकेता गरी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment