Comments Add Comment

कविता : कस्तो यो सरकार

RakeshKarki aaभूकम्पको चोटले कति बिजोग

मरिरहेछन् यताउता वारपार

सहयोग गर्छु भन्ने भावनाहरूलाई

किन ब्रेक लगाउछ यो सरकार

 

“भान्जाको निउले मलाई पनि घिउले”

जतापनि अट्काउने र समाउने जाली

राहत र उद्धार तुरून्त गर्न नदिएर

तातो न छारोको एकद्वार प्रणाली

 

मित्रराष्ट्रको राजमार्ग खुलाउने अनि

घाइतेको जीवन जोगाउने प्रस्ताव

कानमा तेल हालेर सुन्यानसुन्यै गर्छ

हैन यो सरकारलाई कुन डरको दवाब

 

सोच्दैन अलपत्र परेका जनताको हित

आपदमा लापरवाही गर्नेको के दरकार

त्रिपाल कम्मल खाना र औषधि मुलो

बाड्न नदिने कस्तो यो सरकार

– इन्जिनियर राकेश कार्की, उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment