Comments Add Comment

दिपकको कोमललाई सुझाव- कुमारी नै बस्नुस्

Komal-oli
कलाकारहरु भेला भएपछि केही न केही कुरामा रमाइलो गर्छन् । अझ, हाँस्य कलाकारहरु भेला भएपछि त त्यहाँ छेडछाड र रमाइलो भै नै हाल्छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा हाँस्य कलाकार दिपकराज गिरीले गायिका कोमल वलीमाथि पनि यस्तै ठट्टा गरे ।

कोमलले गाएको गोजीमा गाँठ भाको, मनमा आँट भाको बोलको गीत कुनै समय चर्चित थियो । यो गीत अहिले पनि उस्तै चर्चामा छ । तर, दिपकले भने कोमलको यो गीतमा होइन, उनको खोजीमा ब्यङ्ग्य कसेका थिए ।

दिपकले कोमललाई आँट र गाँठ दुबै भएको केटा नखोज्न सुझाए । उनको वुझाईमा आँट हुनेसँग गाँठ हुँदैन र गाँठ हुनेसँग आँट हुँदैन । उनले कोमललाई भने-‘यसैले दुबै विशेषता भएको खोज्नुभयो भने कुमारी रहनुहोला ।’

कोमल वलीले आफूलाई खुबै सुन्दर भनेपछि दिपकले पनि कुमारी रहनुहोला भन्दै दुई विशेषता मध्ये एक खोज्न सुझाव दिएका हुन् । के दिपकको सुझाव कोमलले अब मान्लिन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment