Comments Add Comment

राष्ट्रसंघका जोन जिङलाई कारवाही गर्न पत्रकार महासंघको माग

१८ असार, काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले भूकम्प पीडितलाई अखाद्य बस्तु वितरण गरेको विषयमा संयुक्त राष्ट्रसंघअन्तर्गत मानवीय मामिला संयोजन प्रमुख जोन जिङले दिएको अभिव्यक्तिबाट नेपाली राष्ट्रियता र स्वाधिनतामाथि हस्तक्षेप भएको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।

FNJ_logoमहासंघले जोनलाई कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग मागसमेत गरेको छ ।

‘कुहिएका चामलको तस्वीर, भिडियो सहित प्रकाशित/प्रसारित समाचारलाई लिएर जोनले नेपाली सञ्चारजगतलाई ‘ननसेन्स’ शब्दसमेत प्रयोग गरी कूटनीतिक मर्यादा विपरित आक्षेप लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् मात्रै नभई यो नेपाली राष्ट्रियता र स्वाधिनतामाथिको ठाडो हस्तक्षेप हो,’ महासंघका महासचिव उजीर मगरले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपाल सरकारका निकाय, राष्ट्रिय मानव अधिकार आयोग, व्यवस्थापिका संसदको अनुगमन समितिले समेत डब्लुएफपीबाट अखाद्य चामल, दाल वितरण र अनियमितता भएको भनि कारवाही अघि बढाउने भनिरहेको बेला नेपाल सरकारले पनि जोनको अभिव्यक्तिप्रति गम्भीर प्रतिक्रिया जनाई कार्वाही प्रक्रिया अघि बढाउन महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment