Comments Add Comment

गजल-दुधे बच्चा छाडेर

कल्पना पौडेल
दुधे बच्चा छोडेर सात समुन्द्र तर्दा पनि
देखनौ आज मैले यति संगर्ष गर्दा पनि

ज्यानै खायो रोगले प्रवासको गुलामीमा
बुझ्ने मेरो कोहि छैन अश्रुधारा झर्दा पनि

एउटा दुख्दा अर्को रुन्छ भन्छन दम्पतीमा
सहानुभूति पाउदिन म यस्तो  चोट पर्दा पनि

बाचुन्जेल दुख मात्रै लेख्या रैछ यो कर्ममा
रुन मलाई छोडेन खै कोसौं टाढा सर्दा पनि

जिम्बेवारी एक्लै बोके तिम्रो साथ् माया बिना
दोष अझै थोपर्दै जाउ पीडाले म मर्दा पनि

kalpana paudel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment