Comments Add Comment

वैद्य माओवादी मोर्चाले चिनियाँ र भारतीय दूतावासमा विरोधपत्र बुझाउने

२१ असार, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले लिपुलेक सम्झौताको विरोधमा काठमाडौंस्थित चिनियाँ र भारतीय दुतावासमा विरोधपत्र बुझाउने भएको छ । माओवादीले प्रस्तावित संविधानको मस्यौदा यथास्थितिवादी र पश्चगामी भएको भन्दै मस्यौदाको प्रति च्यात्ने निर्णय समेत गरेकोछ ।

baidhya_650

सोमबार नेकपा-माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले आउँदो २६ गते देशभर विरोध प्रदर्शन गरी संविधानको मस्यौदा च्यात्ने निर्णय गरेको हो । साथै, संविधानको मस्यौदा सम्बन्धमा संसदवादीहरूद्वारा सञ्चालित जनमत संकलनको पनि विरोध र भण्डाफोर गर्ने बैठकले निर्णय गरेको छ ।

चिनियाँ र भारतीय दुतावासमा विरोध पत्र

यसैगरी लिपुलेकमा ब्यापारिक नाका खोल्ने चीन र भारतको सम्झौताको विरोधमा काठमाडौंस्थित दुबै मुलुकका राजदूतावासमा विरोध पत्र दिने निर्णय पनि बैठकले गरेको नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

साथै, नेपालको भूमि लिपुलेक उल्लेख गरी दुई मुलुकबीच गरिएको सम्झौताको २८ औं नम्बर बुँदा अविलम्ब खारेजीको माग गर्दै उक्त सम्झौता पत्र यही असार ३१ गते देशव्यापी रूपमा च्यात्ने निर्णय पनि बैठकले गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा अनुगमन

भूकम्प प्रभावित क्षेत्रहरूमा शीघ्र राहत वितरण, पुनर्वासको व्यवस्था, राहत वितरणमा भइरहेको धाँधली, पक्षपात, कालोबजारी र अनियमितताको अन्त्य, सडेेगलेको खाद्यान्न वितरणमा रोक लगाउने लगायतका विषयहरूलाई लिएर भूकम्पप्रभावित जिल्लाहरूमा तेत्तिस दलीय मोर्चाको अनुगमन समिति बनाइ अनुगमन पनि गर्ने माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment