Comments Add Comment

बहिस्कार गर्ने सभासद पनि लाजै नमानी बुझ्छन् बैठक भत्ता र भातको कुपन

२२ असार,काठमाडौं । संविधानसभामा संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल चलिरहेका बेला चार साना दलको बहिस्कार पनि जारी छ ।

फाइल तस्वीर
फाइल तस्वीर

हरेक विहान ८ बजे संविधानसभा बैठक शुरु हुन्छ । बहिस्कार गर्ने चार दलका सभासद आ आफ्नो ठाउँबाट उठ्छन र एकजनाले बोलेर बहिस्कारको घोषणा गर्छन् । त्यसपछि अरु सभासदहरुको बोल्ने क्रम शुरु हुन्छ ।

संविधानसभा बहिस्कार गर्नेमा संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सदभावना पार्टी र सदभावना पार्टीका ३४ जना सभासद छन् ।

कुल ६०१ सदस्यीय संविधानसभामा ३४ जना सभासदको बहिस्कार संख्याको हिसाबले निकै कम हो । अन्य मधेसवादी दलहरु भने बहिस्कारमा सहभागी छैनन् ।

बहिस्कार गरे पनि ती ३४ सभासदले अरु सभासद सरह बैठक भत्ता, ट्याक्सी भाडा बापतको भत्ता र विहानको खाना समेत लिइरहेका छन् । संविधानसभामा संघीय फोरमका १५, तमलोपाका ११, सदभावनाका ५ र तमसपाका ३ सभासद छन् ।

विहान ८ देखि राति १० बजेसम्म बैठकमा सहभागी भएर छलफलमा भाग लिने सभासदले सरह सुबिधा विहानै हाजिर गरेर बहिस्कारमा सहभागी हुने सभासदले पनि पाउने व्यवस्था छ ।

विहानदेखि रातिसम्म बैठक चलेका बेला सचिवालयले सभासदहरुका लागि विहानको नास्ता, खाना, दिउसोका खाजा र बेलुकको खानाको व्यवस्था गरेको हुन्छ । ‘बहिस्कार गर्ने सभासदहरु पनि खानाको कुपन लिन भने अघि सर्छन्,’ सचिवालयका एक कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment