Comments Add Comment

डेल स्टेन पुरा गरे ४०० विकेटको कोशेढुंगा

Dale-Steyn

१४ साउन, काठमाडौं । डेल स्टेन टेस्ट क्रिकेट ४०० विकेटको कोशेढुंगा पुरा गर्ने दक्षिण अफ्रिकाको दोस्रो बलर बनेका छन् ।

बंगलादेशबिरुद्धको दोस्रो टेस्टको पहिलो दिन बिहीबार ओपनर तमिम इकवालको विकेट नै स्टेनको करिअरको ४०० औं टेस्ट विकेट बन्न पुग्यो ।

३२ बर्षका पेस बलर स्टेनको तेस्रो ओभरमा कप्तान हसिम अमलालदले हाइ-चेस्ट क्याच लिँदा ४०० औं विकेटको कोसेढुंगा पार गरेका थिए ।

यसअघि सन पोलडकले सन् २००८ मा रिर्टायर्ड हुनु अघि दक्षिण अफ्रिकाको टेस्ट टिमबाट ४२१ विकेट लिएका थिए ।

स्टेन आफ्नो करिअरको ८० औं टेस्ट खेलिरहेका छन् । टेष्ट क्रिकेटमा ४०० विकेट लिने उनी विश्वकै १३ औं बलर हुन् । हाल खेलिरहेका क्रिकेटरमा भने उनी हरभजन सिंह र जेम्स एण्डरसन पनि तेस्रो हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment