Comments Add Comment

भारतको चासो हिन्दू राज्य, देउवाले मोदी भेट्दै

१५ साउन,काठमाडौं । भारत सरकारको निम्तोदमा दिल्ली पुगेको कांग्रेस बरिष्ठ नेता तथा पूर्व प्रधामन्त्री शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्दैछन् ।
JN-Khanal-Sher-Bd-Deuba
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार देउवाले अपरान्ह ४ बजे मोदीसँग वार्ता गर्ने छन् । त्यसअघि देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नेछन् ।

देउवा आजै भारतीय बुद्धिजिवीहरुले आयोजना गरेको कार्यक्रममा नेपालको तर्फबाट सम्बोधन गर्दैछन् । उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा बताउनेछन् ।

नेपालका लागि पूर्व भारतीय राजदूत केबी राजनले अध्यक्षता गर्ने कार्यक्रममा भारतका नेपाल मामिला विज्ञहरु सहभागी हुनेछन् ।

यसअघि देउवाले विहिवार भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेट गरेका थिए । स्वराजले नेपालमा हिन्दू राज्य पुनस्र्थापनाको पक्षमा जनता आन्दोलित भएको प्रसंग कोट्याउदै संविधानमा कसरी समेटिन्छ भनेर जिज्ञासा राखेकी थिइन् ।

भारत सरकारको आशय हिन्दू राज्य हुनुपर्छ भन्ने रहे पनि देउवाले हिन्दू राज्य र धर्म निरपेक्षताको बीचको शव्द खोजिएको जानकारी दिएको देउवापत्नी आरजुलाई उधृत गर्दै धमलाले बताए ।

खनालले भेटेनन्
यसैबीच एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने संविधान कस्तो बनाउने भन्ने नेपालकै निणय हुने भन्दै भारतको तीर्थाटनको अर्थ नरहेको बताएका छन् ।

स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका खनालले नेपाली दूतावासमा पत्रकार धमलासँग कुरा गर्दै भने-मोदीजीले नेपालका संविधान बनाउन ऋषिमन चाहिन्छ भन्नु भएको थियो,तर म भन्छु ऋषि मन होइन बुद्ध मन चाहिन्छ ।

एम्स अस्पतालमा उपचार गराएका खनालले दिल्ली बसाईमा भारतका कुनै पनि नेता र सरकारी अधिकारीसँग भेट गरेनन् । खनालले भने-भारतीय नेतालाई भेटेर संविधान आउने होइन,हामी हाम्रै जनतालाई भेट्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment