Comments Add Comment

चर्चमार्फत विदेश लान्छु भन्दै ठगी गरेको आरोपमा पास्टर पक्राउ

१५ साउन, काठमाडौं । अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा वर्किङ भिसामा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा क्रिश्चियन धर्मका पास्टर पक्राउ गरेका छन् ।

Pratap-Bhattaपास्टर प्रताप भट्टले चर्च मार्फत सजिलै विदेश पठाउँछु भन्दै ठगी धन्दा चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही लालबन्दी-१ घर भई हाल भक्तपुर दुवाकोट बस्ने प्रताप भट्टलाई पक्राउ गरेको हो । पेप्सीकोलाबाट पक्राउ परेका उनी क्रिश्चियन धर्मका पास्टर भएको खुल्न आएको छ ।

उनले वर्क भिसामा क्यानडा, युरोप, अष्ट्रेलिया पठाउने भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेका थिए ।

विज्ञापनकै आधारमा सम्पर्कमा पुगेका धापासीका कृष्ण कुँवरले आफूलाई भट्टले अष्ट्रेलिया पठाउँछु भन्दै २७ लाख मागेको प्रहरीलाई वयान दिएका छन् ।

प्रक्रिया सुरु गर्न भन्दै प्रतापले सुरुमा २ लाख ७५ हजार लिए । तर, आफू ठगिएको थाहा पाएपछि कुँवरले अपराध महाशाखामा ठगीको उजुरी दिए ।

प्रहरीले प्रतापलाई पक्राउ गरी अनुसन्धान गर्दा काभ्रे महांकाल घर भएका ढुप्साङ्ग लामा, पर्सा सुर्वणपुरका पर्वत श्रेष्ठ, रामेछापका भरत मगर समेतलाई प्रतिव्यक्ति १२ लाख दिए चर्चमार्फत सजिलै अमेरिका पठाइदिन्छु भनी ३ लाख ६० हजार लिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment