Comments Add Comment

नेपाली हुनुमा ‘लज्जा’ महसुस गर्दै राजेश हमाल

फाइल फोटो
फाइल फोटो

काठमाडौं । महानायक राजेश हमाल रिलमा होस् वा रियल लाइफमा नेपाल र नेपाली हुनुमा गर्व गर्छन् । तर, हमालले जीवनमा पहिलो पटक नेपाली हुुनुमा लज्जा महसुस भएको प्रतिक्रिया दिएका छन् ।

उनले आइतबार एउटा निराशाजनक स्टाटस लेखेका छन् । सन्दर्भ र विषय नखुलाई उनले लेखे-‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो ।’

rajesh-hamal-statusआखिर केले यस्तो निराशामा पुर्‍यायो हमाललाई ?

शनिबार सिराहाको धनगढी गाविस ३ नयनपूरमा स्थानीय डोम परिवारमाथि भएको छुवाछुतको घटनाको प्रत्यक्षदर्शी बन्नुपर्दा हमाललाई जलन भएको हो ।

हमालको साथमा डोम समुदायका युवक दिपक मलिक गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध गरेका थिए । 

बीबीसी मिडिया एक्सनका साप्ताहिक बहस कार्यक्रम साझा सवालमा सहभागी हुन महानायक हमाल नयनपूर गाउँमा पुगेका थिए ।

नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक(डोम) जब इनारतर्फ खानेपानी भर्न लागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । गाउँका केही आफूलाई उपल्लो जातीको बताउनेहरु भने अगाडि उभिएका थिए ।

हमालले उनीहरुलाई इनारबाट पानी भर्न दिदा के हुन्छ भनेर प्रश्न गर्दा पुर्खादेखि डोमलाई ईनार छुन नदिएकाले अब पनि नदिने जवाफ पाएका थिए ।

यसपछि नायक हमाल निराश भएका थिए । गाउँका उपल्लो जातका भनिनेहरुले पानी निकालेर डोमको बाल्टी भरिदिएका थिए । अरु बेला पनि यस्तै गर्नुपर्ने डोमले हमाललाई बताएका थिए ।

हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् । वीवीसी एक्सन मिडियाको साप्ताहिक कार्यक्रम ‘साझा सवाल’का लागि हमाल त्यहाँ पुगेका थिए ।

नेपाली कांग्रेसका नेता प्रदिप गिरी, लेखक आहुति र नायक हमाललाई साझा सवालमा बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment