Comments Add Comment

बाँकेका प्रहरीलाई कम्प्यूटर तालिम

आरपी सुवेदी
१८ साउन, नेपालगन्ज । बाँकेका प्रहरीलाई कम्प्युटर तालिम दिन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र मातहातमा कार्यरत प्रहरीलाई क्यान फेडेरेशन बाँकेले १५ दिनको निशुल्क कम्प्यूटर तालिम दिन सुरु गरेको छ ।
Bake-Police
नेपालगन्जमा तालिमको सुरुवात गर्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार पन्तले बाँकेका विभिन्न ६७ युनिटमा कार्यरत प्रहरीलाई कम्प्युटर प्रविधिको बारेमा ज्ञान दिन लागिएको बताए । क्यान फेडेरेशनको यो सहयोगबाट बाँकेको अपराध अनुसंधानमा थप मद्दत पुग्ने विश्वास पन्तको छ ।

उनले समयको माग अनुसारको प्रविधिको ज्ञान नहुँदा प्रविधिसंग जोडिएका विभिन्न अपराधको अनुसन्धान हुन नसकेको भन्दै पन्तले भने-‘पछिल्लो समयमा साईवर क्राईम र सोशल मिडिया सम्बन्धी क्राईम बढ्दो भएकोले दक्ष अनुसंधानकर्ताको अभावमा काठमाण्डौ पठाउनु परेको छ ।’

उनले प्रहरी विभागले आफ्ना विभिन्न युनिटहरुमा कागजी कार्यलाई विस्तारै कम गर्दै पेपरलेस अफिस बनाउने नीति लिएको अवस्थामा यो तालिमले प्रहरी विभागको नीतिलाई समेत सम्बोधन गर्ने बताए ।
तालिममा महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment