Comments Add Comment

फिना विश्व च्याम्पियनसिपमा सोफियाले राखिन् राष्ट्रिय कीर्तिमान

१९ साउन, काठमाडौं । १६ औं फिना विश्व च्याम्पियनसिपमा नेपालकी सोफिया शाहले पौडीको २०० मिटर फि्र स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

sofia-shahरुसको कजानमा आयोजना भइरहेको फिना विश्व च्याम्पियनसिपमा दुई सय मिटरको दूरी २ मिनेट १८.९३ सेकेन्डमा पूरा गर्दै शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि गौरीका सिंहको नाममा यो कीर्तिमान थियो । गत जेठमा काठमाडौंमा आयोजित २० औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सिंहले २ मिनेट १९.७२ सेकेन्डमा सो दुरी पूरा गरेकी थिइन् ।

सिंहको रेकर्ड तोडेकी सोफिया ६० औं स्थानमा आइन् । प्रतियोगितामा ६३ खेलाडीहरुको सहभागिता थियो ।

प्रतियोगिताको ५० मिटर ब्रेष्ट स्ट्रोकमा किरण कार्की ३४.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गरे । ७६ जना खेलाडीमा कार्की ६९ औं स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment