Comments Add Comment

आइतबारका टप टेन न्यूज: तपाईले छुटाउनु भयो कि ?

आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. टीकापुर घटनामा योगेश भट्टराईले पोले एमाओवादीलाई, ओली भन्छन- एमाओवादीसँग सम्बन्ध बिगार्ने षडयन्त्र भयो

Kp-Sharma-oli

एमाले सचिव योगेश भट्टराईले एमाओवादीका केही नेताको नाम नै लिएर टीकापुर हत्याकाण्ड उनीहरुको योजनामा भएको बताए । यो संगीन आरोपपछि दुई दलमा मात्र होइन, देशभर नयाँ तरंग ल्यायो । योगेशको आरोप पार्टीको हो कि व्यक्तिको मात्र हो भन्दै जवाफ खोज्न गएका एमाओवादी नेताहरुले एमाले अध्यक्ष केपी ओलीले यो अभिव्यक्तिलाई एमाले र एमोवादीको सम्वन्ध विगार्ने षड्यन्त्रको संज्ञा दिएका छन्

२. डम्बर खतिवडा लेख्छन् – थारुलाई जेल हाल्नुअघि प्रचण्डले जेल बस्ने साहस गरुन्

नेपाल प्रहरीका एसएसपीसहितका आठ सुरक्षाकर्मी र डेढ वर्षे बालकको ज्यान जाने गरी गएको भएको हत्याकाण्डपछि कैलालीको टीकापुरको त्रास घटेको छैन । घटनाबारे अनेक अड्कलबाजी पनि भइरहेको छ । तर, अनलाइनखबरका स्तम्भकार डम्बर खतिवडाले टीकापुर ट्रेजेडी राम्रो नभएको तर, एकदमै अस्वाभाविक नभएको बताए ।

आफ्नो लेखमा उनले लेखेका छन्-टीकापुर घटनामा कुनै पनि थारु आन्दोलनकारीलाई जेल हाल्नु अघि प्रचण्डले जेल बस्ने साहस गरुन् ।

३. चार दलको निर्णयः वार्ता र संविधान निर्माणसँगसँगै

मधेसी मोर्चा, थारु संघर्ष समिति र जनजातिले वार्ताका लागि सर्तैसर्त राखेपछि दलहरुसँग दुई विकल्प संविधानसभा रोक्ने कि जारी राख्ने ? भन्ने मात्र थियो । आइतबारको बैठकले संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने सर्त अस्वीकार गरेपनि अन्य मागमा सकारात्मक रहने निर्णय गरेको छ ।

४. पाँडेसँग गाइजात्रे गफः अमेरिकी राष्ट्रपतिले मलाई देखिसहेनन्

हास्य टेलिचलचित्र भद्रगोलका पाँडेसँग गाइजात्राको सन्दर्भमा पारेर गाइजात्रे गफ गरिएको छ । उनले गाइजात्रे गफ दिए कि अमेरिकी राष्ट्रपतिले मलाई देखिसहँदैन् । पोइला जान पाम् भन्ने गीत गाउने कोमल ओलीका लागि शिव श्रेष्ठ उपयुक्त हुने उनले बताए ।

५. ‘टाटा बोल्ट’ रिभ्युः गाडी किन्नुअघि जान्नेपर्ने केही कुरा

TATA BOLT IN NEPAL (2)

टाटा मोटरले हालै सार्वजनिक गरेको प्रिमियर हृयाचब्याक बोल्ट गाडी छोटो समयमा नै नेपाली बजारमा लोकप्रिय बनेको छ । हृयाचब्याक भिष्टलाई रिप्लेस गर्ने गरी ल्याएको यो गाडीको फिचर रिभ्यु अनलाइनखबरले गरेको छ ।

६. इराकको कमाइ छाडेर बाख्रापालनमा, गार्इ पालेर खाडीको पिडा भुल्दै

दैनिक सयौं युवा विदेशिएका बेला केही युवा भने विदेशमै केही गरेर विदेशमा भोगेको पीडा मात्र भुलिरहेका छैनन्, उदाहरण बनेका छन् ।

त्यस्तै मध्येका एक हुन् मुगुका धीरज रोकाय । पाँच वर्ष अघि इराक पुगेका उनी अहिले गाउँमै फर्किएर व्यवसायिक भेडाबाख्रा पालन गरिरहेका छन् । खाडीको पीडा भुलेर पाल्पाका गणेश आचार्य गाई फार्म चलाएर विदेशमा भोगेको पीडामा मलम लगाइरहेका छन् ।

७. तीन फिल्मको कमाई करोडमाथि, फर्किएकै हुन् त नेपाली फिल्ममा दर्शक ?

वैशाख १२ को विनाशकारी भूकम्पपछि नेपाली चलचित्रका दर्शक हलसम्म पुगेका छन् । रेशम फिलिलि, होस्टल रिटर्न्स र भैरवले गरेको व्यापारले नेपाली चलचित्रले एक करोड माथि कमाएको खबर छ ।

८. भारतको सोनी च्यानलमा जम्दै मिस नेपाल सुन्दरी

भारतीय टीभी सोनीमा प्रशारण सुरु हुन लागेको सिरियल ‘२०२५ जाने क्या होगा आगे’ मा नेपाली चेली देखिने भएकी छन् । ‘मिस नेपाल सुन्दरी’ कम्प्युटर इन्जिनियर नायशा जोशीको भूमिका देखिने छिन् ।

९. अमेरिकामा आदित्य मरेको हल्ला फैलाएपछि प्रहरीको सहारा

Aditya-Dahal,-Nepali-Google

अद्भुत क्षमता भएका बालक आदित्य दाहाल उपचारका लागि अहिले अमेरिकामा छन् । तर, केहीले सामाजिक सञ्जाल तथा इन्टरनेटमा उनकाबारे अफबाह फैलाएपछि आदित्य प्रतिष्ठान प्रहरी कहाँ जाने तयारीमा जुटेको छ ।

१०. काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस

वैशाख १२ को भूकम्पले ८ हजार बढीको ज्यान गयो, धेरै भौतिक संरचना ध्वस्त भए । तर, पराकम्प अझै रोकिएको छैन । आइतबार साँझ फेरि काठमाडौंबासीले भकम्पको धक्का महसुस गरेका छन् ।

र, यो पनि,

अनौठो कक्षा, जहाँ पुरुषले भोग्नुपर्छ सुत्केरी महिलाका ब्यथा

पुरुषलाई सुत्केरी स्याहार्ने तालिम ठिकै होला । तर, साँच्चिकै सुत्केरी तालिम दिइयो भने के होला । चीनमा यस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment