Comments Add Comment

नेपालले भारतसँग बराबरी खेल्यो, गोलको खरेडी टरेन

Nepal-Vs-India

१४ भदौ, काठमाडौं । नेपाल र भारतले मैत्रिपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेका छन् । तर, नेपालले पछिल्लो ९ खेलको गोल खरेडी भने टार्न सकेन ।

आसन्न साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले सोमबार भारतको पुनेमा घरेलु टोलीसँग मैत्रिपूर्ण फुटबल खेलेको थियो ।

खेलमा नेेपालले जुमानु राई र अनिल गुरुङलाई बेन्चमा राखेर युवा स्ट्राइकर विमल घर्ती मगर र अन्जन विष्टलाई खेलाएको थियो भने सेन्ट्रल ब्याक अनन्त तामाङले डेब्यू गरे ।

पहिलो हाफमा भारतले नेपाललाई दबाव दिएको थियो । पहिलो आफको अन्तिम मिनेटमा सुनिल क्षेत्री वान भर्सेज वानमा चुके ।

६४ औं मिनेटमा अन्जनको स्थानमा सुशील केसी मैदान प्रवेश गरे । ७२ औं मिनेटमा सुशीलले दिएको पासमा रोहित चन्दको प्रहार बारमाथि गयो ।

७८ औं मिनेटमा विमलको स्थानमा जुमानु राई मैदान प्रवेश गरे । ७९ औं मिनेटमा किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेे । चार मिनेटपछि भारतका सुनिलले अर्को राम्रो मौका खेर फाले ।

खेलमा दुबै टोलीले गोल गर्न सकेन । भारतलाई बराबरीमा रोकेको नेपालले पछिल्लो ९ खेलको गोल खरेडी भने टार्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment