Comments Add Comment

टीकापुरमा न गौराको रौनक, न अट्वारीको तयारी

सुमित्रा भट्टराई

पहिले निर्बाध छिर्न पाइने टीकापुर नगरपालिका पस्न आजभोलि काँडेतार छिचोल्नुपर्दछ । त्यो काँडेतार पार गर्न पनि जो कोहीलाई अनुमति छैन कि उ पत्रकार हुनुपर्छ या कुनै मानवअधिकारकर्मी । उसको हातमा प्रशासनले टीकापुर पस्न दिएको जारी गरेको अनुमतिपत्र भएमात्रै पस्न पाउँछ ।

Sumitra Bhattaraiभदौै ७ गते यता टीकापुर यति शान्त छ कि लाग्छ कि टीकापुरकोमामा गएको बिरामी हो । समय लाग्ला, तर टीकापुरको खास रोग पत्ता लगाउनै पर्दछ । धनगढीबाट मोटरमा २ घण्टा पूर्व टीकापुर थलिएको छ । उठ्न खोज्दैछ र उठ्ने वातावरण खोज्दैछ ।

यतिबेला टीकापुरको रंग फेरिएको छ । पहाडी समुदायलाई नजिकिँदै गरेको गौराको रौनक छैन । न त थारु सुदायमा नजिकिँदैै गरेको अट्वारी चाडको रौनक छ । भदौ ८ ले फिक्का पारेको छ टीकापुरलाई र सम्पूर्णवासीलाई । बाध्य छन् जनता प्रशासनले जारी गरेको कर्फ्यू सहन । प्रासन पनि बाध्य छ कर्फ्यू लगाएरै भएपनि बिग्रीएको सुरक्षा अवस्था ठिक पार्न । भलै दुई तिन दिनयता कर्फ्यूखुकुलो पारेको भएतापनि निम्न वर्गलाई एकदमै अफ्ठेरो पारिरहेको अवस्था छ । प्रश्न रहन्छ भोली कर्फ्यू फुकुवा भएपछि कस्तो बन्ला यहाँको परिवेस ?

यहाँको हालको यर्थाथ हिजो थारु र पहाडी मिलेर बात मार्ने चौतारा शुन्य छन् । पहाडीको बाहुल्यता भएको ठाउँमा बस्ने थारुलाई डर छ पहाडी समुदायले आफुलाई केही बिर्गाछन् की ? थारु गाउँमा पसेको पहाडीलाई पनि डर छ भोली आफ्नो हालत के कस्तो हुने हो ? यो अवस्था आउनुमा प्रमुखः त शीर्ष दलका नेताहरु नै छन् । जो दिनदिनै संघियताको खाका फेर्छन् ।

यतिबेला टीकापुरको रंग फेरिएको छ । पहाडी समुदायलाई नजिकिँदै  गरेको गौराको रौनक छैन । न त थारु सुदायमा नजिकिँदैं गरेको अट्वारी चाडको रौनक छ

उता कोर्दै र मेट्दै फेरिएको खाकाले भने मोफसलमा आँधी ल्याईसकेको हुन्छ । आज टीकापुरमा सेना परिचालनको विरोध गर्नेहरुलाई म विना सुरक्षा एक दिन भएपनि टीकापुर बसिदिनहुन आग्रह गर्दछु तब मात्र थाहा हुन्छ कस्तो छ यहाँको परिवेस । हाल सेना आएपछि थारु र पहाडी दुवै समुदाय कम्तीमा पनि सडक सम्म त पुग्न पाएका छैनन् ।

कर्फ्यू त भदौ ४ गतेदेखि नै लगाईएको थियो टीकापुरमा कर्फ्यूले पुग्ने भए तः भदौ ७ गतेको घटनापनि घट्दैनथ्यो होला नि । कर्फयू लागेकै समयमा निर्दोष प्रहरी मारिएका छन् भोली पल्ट पनि कर्फ्यू लागेकै समयमा थारुका घर जलेका छन् । यसबाट त्यो स्थान धेरै संवेदनशिल भएको पुष्टी हुन्छ ।

भदौ ८ पछि टीकापुरबाट निस्कने पत्रपत्रिका बन्द छन् । जनता सुचनाको हकबाट बन्चित भइरहेका छन् । यो लामो समयदेखिको कर्फ्यूले सबैलाई अफ्ठेरो पारेको छ ।

जिल्ला प्रशासन कार्यालयले यसको छिट्टै निकास खोजोस् । भोलिपल्ट कर्फ्यू जारी गर्ने समयको बारेमा सञ्चार माध्यलाई बेलैमा जानकारी देओस् । जसकारण जनताले बेलैमा खबर पाउँछन् र भोलीको योजना तय गर्न सक्छन् ।

टीकापुरमा एक बालक किराना व्यापारी जुगलाल चौधरीको तोडफोड भएको पसलछेउ उभिएका थिए । उसो त उनी पनि पहाडी समुदायकै थिए, तर जब म उनको भाव बुझ्न नजिकै गएर सोधेँ-बावु यो पसलमा कसले तोडफोड गर्‍यो ? उनले फ्याट्ट उत्तर दिए पहाडीले । त्यो घतलाग्दो उत्तरले तीतो यथार्थ ओकलेको थियो । जुन यथार्थ व्याप्त छ अहिले कैलालीमा ।

घटनास्थल वरपरका धेरै बालबालिकाको सातो उडाएको छ भदौ ७ ले । बिर्सन खोजे पनि त्यही दृष्य सम्झन बाध्य हुन्छन् उनीहरु । घटना प्रत्यक्ष देख्ने बालबालिका त्यो ठाउँ छोडेर टाढा बसाइँ सर्न बुवाआमालाई आग्रह गर्दछन् । प्रत्यकका मनमा गलत बिचार थुपारिदिएको छ टीकापुर काण्डले कि थारुले पहाडीको बिर्गाछन् भने पहाडीले थारुको ।

टीकापुर नगरपालिका ९ कर्मचारी टोल बस्ने स्थानियलाई पीडा छ आँखै अगाडि हत्या भएपनि बचाउन नसकेकोमा । रिस पनि छ बेलैमा सशस्त्रले फायरिङ्ग नखोलेकोमा । सबैभन्दा ठुलो आक्रोश त त्यो भिडमा छ जुन भिड राक्षस बनेर प्रहरी समुहमाथि जाईलाग्यो र एकैछिनमा प्राण खोस्यो ।

प्रत्यक्षदर्शीको भनाइ सुन्ने हो भने लाग्छ हाम्रो देशमा पनि अलकायदा र बोकोहराम को पाराले चरम यातना दिएर मान्छे मार्ने मान्छे रहेछन् ।

हामीमा रहेको मानवता कहाँ हरायो ? सबै पक्षको आन्दोलनको माग पुरा गर्ने निकाय भनेको त सरकार हो न सुरक्षामा खटिएका प्रहरी । अब सचेेत वर्गले गर्नुपर्ने थुप्रै काम बाँकी छन् हाम्रा अगाडी । एकाध बाहेक जिल्लामा बस्ने थारु र पहाडी दुवै सद्भाव चाहन्छन् फेरी मिलेर बस्न चाहन्छन् ।

केही दिन अघि एक मित्रलेे थारु र पहाडी समुदायलाई जोडेर एउटा कविता लेखेका थिए जुन फेसबुकमा एकदमै बढी सेयर भयो त्यो कविता सेयर गर्ने थारु र पहाडी दुवै समुदायका थिए ।

यतिबेला केन्द्रमा रहेका नेताहरुले पनि भाषणमा सेन्सर लगाउन् । पार्टी जिम्मेवार छ भने कारवकही गरोस् आफ्ना दलका नेताहरुलाई । संचार माध्यमहरुले पनि ब्रेकिंग दिने निहुँमा त्यस्ता उच्छ्र्रङ्खल भाषणमा ध्यान नदेओस्, प्रशासण नगरोस् । एउटा चोकमा बोलेको र संचारमाध्यममा बोलेको कुराले धेरै फरक पार्दछ ।

यतिबेला यो संक्रमणको घडीलाई निमिट्यान्न पार्नु छ भने केही समय समाज उजाड्ने विचार र अभिव्यक्ति प्रकासन र प्रशारण नगरेकै राम्रो । राजनितिक दलका शिर्ष नेताहरुले पनि सामाजिक सद्भाव बिगार्ने खालका क्रियाकलाप गर्ने र अभिव्यक्ति दिने कार्यकर्तालाई निलम्बीत गर्न सकोस् । युवाहरु नै हुन जो बनाउँछन् । अनि युवाहरु नै हुन जो बिर्गाछन् ।

असम्भव केही छैन यदि शुद्ध मनले चाहने हो भने । कसैले म सुरक्षित छु या मैले अर्को समुदायलाई जे जस्तो आरोप लगाएपनि हुन्छ भन्छ भने फेरि द्धन्द निम्तिीन सक्छ ।

विद्यालय खुलेपछि शिक्षकले विद्यार्थीलाई सद्भावका कुरा सिकाउँ । घरमा रहेका साना छोराछोरीलाई असल व्यवहार सिकाउँ, थारु समुदायले पहाडी समुदाय पनि आफ्नै हो भन्ने सिकाउँ । पहाडी समुदायले थारु पनि आफ्नै हो भन्ने सिकाउँ

अब हामी जाग्ने बेला हो यो । जसको जे पेशा छ त्यसैबाट सद्भाव फैलाउने कोशिश गरौँ । हात मात्र मिलाएर अरु नमिल्ने रहेछ भन्ने कुराको पुष्टी त हाम्रै अगाडी छ । ६ गते हात मिलाएर अब आईन्दा कुनै पनि प्रकारका हिँसात्मक कार्यक्रम नगर्ने शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने भन्ने निर्णय भएको चौविस घण्टामै टिकापर काण्ड घट्यो । त्यसैले मिलाउँ मनहरु…लेख्न आउनेले राम्रो लेखौँ, बोल्न जान्नेले राम्रो बोलौँ ।

बिद्यालय खुलेपछि शिक्षकले विद्यार्थीलाई सद्भावका कुरा सिकाउँ । घरमा रहेका साना छोराछोरीलाई असल व्यवहार सिकाउँ, थारु समुदायले पहाडी समुदाय पनि आफ्नै हो भन्ने सिकाउँ । पहाडी समुदायले थारु पनि आफ्नै हो भन्ने सिकाउँ । तर कसैले म सुरक्षित छु भनेर अर्को समुदायलाई ठेस पुर्याउने शब्द नबोलौँ । सामाजिक सञ्जालमा नकोरौँ ।

बर्तमान अवस्थामा हामी सबै शिशाको घरभित्रै छौँ । सबै असुरक्षित छौँ । सबैले आ आफ्नो ठाउँबाट पहल गरेमा घरभित्र बन्द समुदाय बाहिर निडर भएर हिँड्न सक्छ । हो टीकापुर यतिबेला मुस्कुराउन चाहन्छ । यो उकुसमुकुस तोड्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment