News Summary
Generated by OK AI. Editorially reviewed.- महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालक २६ वर्षीय शेख गुलामको घटनास्थलमै मृत्यु भएको छ ।
- प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मकवानपुरका लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिएको छ ।
१३ जेठ, रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना२५प १०८० नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलाम रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको उक्त मोटरसाइकललाई बुधबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बस चालक मकवानपुरको गढी गाउँपालिका–३ का लक्ष्मीभक्त ओझा र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शेखको शवलाई चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4