+
+
Shares

उत्तर प्रदेशको लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा १० जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
  • लखिमपुर खिरीका जिल्लाधिकारी अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान धौरहरा कोतवाली क्षेत्रको भरेहटा गाउँ नजिकै भएको बताए।
  • दुर्घटनामा मृत्यु हुनेमा तीन महिला रहेका छन् र म्याजिक भ्यान बहराइचतर्फ जाँदै थियो।

५ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

लखिमपुर खिरीका जिल्लाधिकारी (डीएम) अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् ।

उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?