१५ भदौ, वीरगञ्ज । मधेसी मोर्चासँग ८ बुँदे सहमति गरी अन्तरिम संविधानमा संशोधन गरेर मधेसलाई स्वायत्तता एवं संघीयता दिने गिरिजाप्रसाद कोइरालाको शालिक ढलेको छ ।
वीरगञ्जमा रहेको सो शालिकको अनावरण गर्ने उनै सुशील कोइराला हुन्, जो अहिले प्रधानमन्त्री पदमा आसीन छन् । सुशील नेतृत्वको सरकारले गिरीजाको शालिकको सुरक्षा गर्न सकेन ।
वीरगञ्जमा सोमबार भएको प्रदर्शनका क्रममा कोइरालाको शालिक पूर्व सोभियत संघमा लेनिन र इराकमा सद्दाम हुसेनको जस्तै गरी ढलेको छ ।
एमाले र कांग्रेसमाथि प्रहार
मधेस आन्दोलनसँगै नेपाली कांग्रेस र एमालेमाथि प्रहार केन्द्रित भएको देखिएको छ । मधेसलाई अधिकार दिने गिरिजाप्रसादकै शालिक ढालिएपछि आन्दोलन थप अराजकतातिर गएको अनुमान गर्न अप्ठ्यारो छैन ।
प्रदर्शनकारीहरुले सोमबार कलैयामा एमालेको कार्यालयमा आगजनी गरेका छन् भने महोत्तरीमा कांग्रेसको कार्यालय जलाएका छन् ।
प्रतिक्रिया 4