Comments Add Comment

विनोद चौधरीलार्इ मानार्थ विद्यावारिधिको उपाधी

Binod Chaudhari

१५ भदौ, काठमाडौं । चौधरी समुहका अध्यक्ष विनोद चौधरीलाई भारतको श्रीश्री विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधी प्रदान गरेको छ । अध्यक्ष चौधरीले समाज सेवामा पुर्‍याएको अतुलनीय योगदानको कदर स्वरुप उक्त उपाधी प्रदान गरिएको हो ।

भारतको ओडिसामा मंगलबार आयोजित विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा अध्यक्ष  चौधरीलाई उक्त उपाधि प्रदान गरिएको हो ।

विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, खेलकुद, युवा विकास लगायतका परोपकारी काममा चौधरीको योगदान उच्च रहेको बताएको छ ।

आर्ट अफ लिभिङ इन्टरनेशनलका संस्थापक तथा विश्वविख्यात आध्यात्मिक गुरु श्रीश्री रविशंकरको विशेष उपस्थिति र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त कार्यक्रममा विश्वविद्यालयका उपकूलपति डा. नन्दलाल, भारतका प्रतिष्ठित बौद्धिकवर्ग, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अध्यक्ष चौधरीले नेपालमा गत वैशाख १२ गतेको भूकम्पपछि घरबीहिन १० हजार भूकम्प पीडितका लागि ‘सिजी आश्रय’ र भूकम्पबाट भत्किएका एक सय विद्यालय पुनर्निमाणका लागि ‘सिजी शिक्षालय’ जस्ता महत्वपूर्ण कल्याणकारी परियोजना कार्यान्वयन गरिरहेका बेला विश्वविद्यालयले उक्त उपाधिप्रदान गरेको छ ।

Binod Chaudhary with family

समाज सेवामा चौधरीको यस योगदानलाई उच्च महत्व दिँदै विश्वविख्यात म्यागेजिन फोब्र्सले हालैमात्र उनको बारेमा कभर स्टोरी छापेको थियो ।

उपाधि ग्रहणका क्रममा मन्तब्य दिँदै अध्यक्ष चौधरीले ज्ञान लिएर मात्र शिक्षाआर्जनको कार्य पूर्ण नहुने र आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सकेमात्र शिक्षाले पूर्णता पाउने बताए ।

शिक्षा आर्जनलाई आध्यात्मसँग जोड्दै चौधरीले मानवजीवनको पूर्णताकालागि साधना, सत्संग र सेवाको सम्मिश्रण अत्यावश्यक रहेको बताए ।

‘हामी साझाविश्वमा बस्छौं । हाम्रो संसार यसरी जोडिएको छ कि यदि तपाईं वरवरका मानिसहरु खुसी भएनन् भने तपाईं एक्लै खुसी रहन सक्नुहुन्न । त्यसैले आफ्ना वरपरका मानिसको खुसीका लागि सेवा गर्नुस्, अनिमात्र तपाईंको आफ्नो जीवन सुखीहुनेछ ।’ अध्यक्ष चौधरीले भने ।

शिक्षा आर्जनमा जिज्ञासाको भूमिका महत्वपूर्ण हुने तर सेवा कार्यमा उत्साहको भूमिका अहम रहने अध्यक्ष चौधरीले बताए । आफ्नो ज्ञान आफूसँगमात्र सीमित नराखी विश्वलाई नयाँ बाटो दिने तथा तनाव र हिंसाबाट मानव समुदायलाई मुक्त गराउने दिशातर्फ केन्दि्रत भई कार्यक्षेत्रमा लाग्नुपर्ने सुझाव चौधरीले दीक्षितहरुलाई दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment