Comments Add Comment

मंगलबारका टप १० समाचार: प्रहरीको गोलीले चारको मृत्युदेखि टीकापुरसम्म

मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. तनावग्रस्त वीरगञ्ज, प्रहरीको गोली लागेर चारको मृत्यु

birganj-Jhadap

वीरगञ्जमा आन्दोलन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको छ । जसमा चार जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले भने आन्दोलनकारीले नाबालक र महिलालाई ढाल बनाएको छ ।

२. लेनिन र सद्दाम जस्तै गरी ढल्यो गिरिजाको शालिक !

तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले नै मधेसमा संघीयता दिने भनेर मधेसी मोर्चासँग सहमति गरेका थिए । तर, मधेसमा चलिरहेको आन्दोलनका क्रममा आन्दोलनकारीले तीनै कोइरालाको सालिक ढालेका छन् ।

३. काठमाडौंमा बढ्यो निषेधित क्षेत्र, कहाँ कहाँ जुलुस निकाल्न पाइदैन ?

संविधान निर्माण अन्तिम चरणामा पुगेपछि बानेश्वर आसपास प्रदर्शन, धर्ना जुलुस हुने नौलो रहेन । तर, मधेसका जिल्लाहरुमा भइरहेको आन्दोलन हिंसात्मक भएपछि अन्यत्र पनि सतर्कता अपनाइएको छ । काठमाडौंमा निषेधित क्षेत्र बढाइएको छ ।

४. बिराटनगरको भारतीय क्याम्प र वीरगञ्जको वाणिज्य दूताबास निगरानीमा

तराई मधेसमा बढ्दो हिंसात्मक झडपसँगै भारतीय भूमिकालाई लिएर सरकारी अधिकारीहरु असन्तुष्ट बनेका छन् । मधेसी मोर्चाका नेताहरुले भारतीय नेताहरुलाई आन्दोलनमा भारतको सहयोग र समर्थन माग्दै ज्ञापन पत्र बुझाइरहेका बेला वीरगञ्ज र विराटनगरमा रहेका भारतीय कार्यालयको भूमिकामाथि नै सरकारी अधिकारीहरु शंका गर्छन् ।

५. गाईजात्रामा शिवहरी चम्किए, दीपकराज खस्किए

ghai jatra Shiva hari
हुन त हाम्रो देशको राजनीतिमा जहिले पनि जाईजात्रा जस्तै छ भन्नेहरु धेरै छन् । तर, गाईजात्राको अबसर पारेर हास्य कलाकारहरु राजनीतिमाथि व्यंग्य गरिहेका छन् । भूकम्पको पीडा भन्दा केहीले कार्यक्रम नै गरेका छैनन् । तर, कमलादीमा यो वर्ष मुखमा हान्नु जस्तो चम्किएका छन् भने दीपकराज गिरी खस्किएका छन् ।

७. उपेन्द्र भन्छन्, सुशीललाई पढाइदिनुस्, भीमको जवाफ, मस्यौदा पढ्नुस्

आन्दोलनका क्रममा मधेसमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आएपछि वार्ता हुने सम्भावना बढेको छ । तर, उनी सुशील कोइरालालाई सम्झौता पढ्न भन्दैछन् । एमाले उपाध्यक्ष भीम रावल भने त्यसको जवाफमा उपेन्द्रलाई संविधानको मस्यौदा पढ्न आग्रह गर्छन् ।

. अर्ब बढी कमाउने बैंकको शेयर आम्दानी घट्यो

Bank on loss

दलहरुबीच संविधानमा सहमति भएपछि नेपाली शेयर बजारले सबै रेकर्ड तोड्यो । थोरै भएपनि नाफा बढाउन सफल भएको असर शेयरमा देखिएको थियो । तर, अर्ब बढी कमाउने बैंकको शेयर आम्दानी घटेको छ ।

८. टीकापुरसँग जोडिएका केही प्रश्न, जसको उत्तर अझै भेटिएन

टीकापुरको त्यो विभत्स हत्याकाण्ड भएको दुई साता भयो । थारु र सरकारबीच वार्ता सुरु हुन सकेको छैन भने स्थानीयमा त्रास कायमै छ । योसँगै टीकापुर घटनाले केही प्रश्न उठाएका छन्, जसको उत्तर झै भेटिएको छैन ।

९. च्याम्पियनलाई नगद २-२ लाख पुरस्कार

Nepal-U-19-Champion

भूकम्पदेखि टीकापुरको हत्याकाण्डले दिएको सबै पीडा भुलाउने गरी नेपाली किशोर टीमले साफ च्याम्पियनसिप जित्यो, त्यो पनि भारतलाई । त्यसको कदर गर्दै एन्फाले खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ ।

१०. पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटयो । पेट्रोल, डिजेल र मटितेलसँगै दोस्रो पटक ग्यासको मूल्य पनि घटेको छ ।

र, यो पनि,

यो कस्तो अन्धविश्वास, सर्पसँग किशोरीको बिहे !

अन्धविश्वासको पनि हद हुन्छ । तर, एउटा घटनाले सबै सीमा तोडेको छ । एक किशोरीको बिहे पौराणिक कथामा सुनिने इच्छाधारी नागसँग हुन लोगेको चर्चा चल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment