१६ भदौ, धनगढी । एसएसपी लक्ष्मण न्यौपाने र डेढ वर्षीय नावालक टेकेन्द्र साउदसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना छानविनका लागि सरकारद्वारा गठित छानविन समितिको टोली बुधबार कैलाली आएको छ ।
छानविन समिति संयोजक एवं राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा नेतृत्वको टोली कैलाली सदरमुकाम धनगढी आएको हो ।
छानविन समिति संयोजक शर्माले दिएको जानकारीअनुसार सदरमुकाम धनगढीमा स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरुसँग भदौ ७ मा भएको टीकापुर घटनाबारे छलफल भएको छ ।
टोली सम्भवतः बुधबार घटनास्थल टीकापुर पुग्ने शर्माले बताए । विहीबारदेखि घटनास्थलको अवलोकन, पीडितलगायत विभिन्न पक्षसँग जानकारी लिइ अनुसन्धान गर्ने योजना छ ।
टीकापुर घटनाबारे बुझ्न अतिरिक्त प्रहरी महानिरीक्षकद्वय जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी र गृह मन्त्रालयका सहसचिव विनोद केसीरहेको टोली धनगढी आएको छ ।
सरकारले यही भदौ ८ गते टीकापुर घटना छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको थियोे ।
– कर्ण कुँवरबाट
यो पनि पढ्नुस्
प्रतिक्रिया 4