Comments Add Comment

श्रीमती र बच्चा लिएर रेलको लिकमै सुतिदिए शरणार्थी (फोटो फिचरसहित)

ROBERT-HARDMAN-3

हंगेरीको राजधानी बुढापेस्टभन्दा २० माइल टाढा हातहतियारले सुसज्जित दुई सय दंगा प्रहरीले रेल रोकेर एक हजार शरणार्थीलाई ओराले ।

सोहि क्रममा शरणार्थी मध्येका एक पिताले विरोध स्वरुप आफ्नी श्रीमती र बच्चालाई तान्दै रेलको लिकमा सुताएको तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल बनेको छ ।

बुढापेस्टमा रहेको केलेटी रेल्वे टर्मिनसमा दुई दिनदेखि जारी अवरोध प्रहरीले खुलाएको ६ घन्टापछि सो घटना भएको हो । केहि दिनअघि सरकारी अधिकारीहरुले आउने र जाने सबै रेलहरुलाई रोकिदिएपछि ३ हजार मानिस स्टेशनबाहिर क्याम्प बनाएर थुप्रिएका थिए ।

उनीहरुमध्ये धेरै मध्यपूर्वमा जारी तनावले गर्दा भागेर यहाँ आएका हुन् । तर प्रहरीले अचानक हस्तक्षेप गरेर करिब सयौंको संख्यामा महिला पुरुष र केटाकेटीलाई आधिकारिक डकुमेन्टसहित प्लेटर्फममा जान दिएपछि तनाव कम भएको थियो ।

ROBERT-HARDMAN-4

अष्ट्रेलिया वा जर्मनी जाने विश्वासमा उनीहरु गर्दै ट्रेन चढेका थिए । कोहि ढोकामा झुण्डिएको, कसैले बच्चाबच्चीहरु झ्यालबाट भित्र छिराएको दृष्य देखियो । डिपार्चर बोर्डमा कुनै विदेशी गन्तव्यको संकेत थिएन ।

बिहान ११ बजे करिब एक हजार शरणार्थीहरु लिएर ट्रेन हिँड्यो । तर, शहरबाट २० माइल टाढा पुगेर अचानक रोकियो । त्यहाँ हातहतियारले सुसज्जित करिब २ सय दंगा प्रहरीले सबै यात्रुलाई ट्रेनबाट ओर्लिन लगाए ।

उनीहरुलाई औद्योगिक शहर बिक्सेमा रहेको ठूलो शरणार्थी शिविरमा जान भनियो । तर, शरणार्थीहरुले प्रतिकार गर्ने प्रयास गरे । कोहि प्रहरीलाई ठेलमठेल गर्दै पुनः ट्रेनमा चढ्न थाले भने ट्रेनबाट नउत्रेकाहरु हामी शिविरमा जाँदैनौं भन्दै नारावाजी गर्न थाले ।

‘हामलाई खाना वा पानी चाहिँदैन, जर्मनी पुर्‍याइदेऊ’ भन्दै चिच्याइरहेका शरणार्थीहरुका बीचबाट एक बाबुले आफ्नी श्रीमती र सानो बच्चालाई ट्रेनको लिकमा फ्याकिदिए र अाफूले अंगालो हाले ।

ROBERT-HARDMAN-2

उनीहरूलार्इ छुटाउन एक दर्जन प्रहरीले निकै बल लगाउनु परेको थियो । ‘हामीले सिरियामा जीवन र मरणको लडाई लडेका हौं, हामी पुलिसको लाठीसँग डराउँदैनौं’ एक शरणार्थीे भने । सिरियाकै अर्का शरणार्थी भन्छन्, ‘हामी मानवीयता भएन । हामी जर्मनी जान चाहन्छौं, यहाँ होइन ।’

ROBERT-HARDMAN-5

प्रहरीले एक हुल शरणार्थीलाई बसभित्र छिराएर नजिकैको प्रहरी चौकीमा लग्यो । अन्य शरणार्थीहरु तातो घाममा घन्टौंसम्म यत्तिकै उभिइरहेका थिए । पछि समाजसेवी कार्यकर्ताले उनीहरुलाई खानेकुरा र पानी ल्याएर खुवाए ।

ROBERT-HARDMAN ROBERT-HARDMAN-1डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment