Comments Add Comment

टीकापुरमा फेरि २४ घण्टे कर्फ्यू

१९ भदौ, काठमाडौं । कृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै अन्यत्र कर्फ्यू र निषेधाज्ञादेखि आन्दोलन समेत खुकुलो पारिएको छ ।
Tikapur-Kailali
तर, टीकापुरमा भने कर्फ्यू कडा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज शनिबार २४ घण्टे कर्फ्यू जारी गरेको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ घण्टे कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले बताएको छ । एसएसपीसहितका सुरक्षाकर्मीको हत्या भएपछि ७ गतेबाट टीकापुरमा कर्फ्यू लगाइएको छ ।

तर, पछिल्ला केही दिनमा तीन घण्टा कर्फ्यू हटाइएको थियो, जसले जनजीवन समान्य बन्नाउन मदत गरेको थियो ।
धनगढीमा भने मध्याहृन १२ बजेबाट दिउँसो ४ बजेसम्म मात्र कर्फ्यू लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment