Comments Add Comment

‘जीवन बदल्नेहरु’ सार्वजनिक

कमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ सार्वजनिक भएको छ ।

पत्रकार दुर्गालाल केसीले लेखेको पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सार्वजनिक गरेकी हुन् ।

Jeevan-Badalneharuपुस्तकको समिक्षा गर्दै बरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकले जीवन बदल्न सम्भव छ भन्ने सन्देश दिएको बताए ।

‘पुस्तकमा संघर्षका प्रतिकात्मक कथाहरु छन् । जीवनलाई नयाँ रुप दिन सकिने तथ्य छ’ उनले भने ‘पुस्तकबाट जीवनमा स्वतन्त्रताको महत्व कति छ भन्ने कुरा थाहा हुन्छ । स्वतन्त्रताको अनुभूती गर्नेहरुको कथा छ ।’

समिक्षक सञ्चारीका समूहकी अध्यक्ष निर्मला शर्माले पुस्तक मुक्त कमलरीको दस्तावेज भएको बताइन् ।

‘यो पत्रकारको आँखाबाट मात्र लेखिएको पुस्तक होइन । लेखकले आफै पिडा भोगेको अनुभूती दिलाउन सकेका छन्,’ उनले भनिन् ।

लेखक केसीले कमलरी आन्दोलनका बिभिन्न चरणहरुमा सहभागी हुनुका साथै कमलरी प्रथा कायम रहेका पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु गाउँहरु पुगेर पुस्तक तयार पारेको बताए ।

‘पुस्तक बाआमासँग रमाउने रहर निमोठिएका अबोध बालिकाहरुको जीवन कथा हो,’ उनले भने ‘दासतादेखि मुक्त बातावरणमा आइपुग्दा सम्मका पश्चिम तराइका १२ हजार बढी मुक्त कमलरीको आफ्नै जीवन हो ।’

पुस्तक नेपाल युथ फाउण्डेशनले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment