Comments Add Comment

‘भारतीय दलाल’ र ‘सरकारी एजेन्ट’ भन्दै आपसमा भिडे आन्दोलनकारी

Bake-Jamunaha-Naka

१६ असोज, नेपालगञ्ज । रुपेडिया सीमा नाकमा शनिबार आन्दोलनकारीबीच नै भिडन्त भएको छ । एक अर्कालाई भारतीय दलाल र नेपाल सरकारको एजेण्ट भन्दै आपसमा विवाद गरेपछि सीमा नाका तनावग्रस्त भएको थियो ।

जडिबुटी बोकेर भारततर्फ जान लागेको ट्रकलाई रोकेपछि संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकका नेताहरुबीच विवाद सुरु भएको थियो । नेपालगञ्जमा मधेस संयुक्त थरुहट मधेस संघर्ष समितिको व्यानरमा आन्दोलन हुँदै आएको छ र यसमा सबै मधेसवादी दल सहभागी छन् ।

फोरम लोकतान्त्रिकका नेताहरुले ट्रकमा तोडफोड गरेकोमा विरोध गरे । उनीहरुले भारतीय भूमिमा बसेर आन्दोलन गरेकोमा विरोध गर्दै आएका थिए । तर, संघीय समाजवादी फोरम नेता राजेन्द्र विश्वकर्माले फोरम लोकतान्त्रिकका बाँके अध्यक्ष हिरालाल लोनियालाई सरकारी एजेन्टको आरोप लगाए ।

फोरम लोकतान्त्रिकका नेताहरुले संघीय समाजवादी फोरमका नेताहरुलाई भारतीय एजेन्टको आरोप लगाए । दुई पक्षका नेताहरुले सीमामा वारी र पारी बसेर चर्को स्वरमा आरोप प्रत्यारोप गरेपछि सीमा क्षेत्र तनावग्रस्त बनेको थियो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष लोनियाले अनलाइनखबरसँग भने-‘हामीले पहिलादेखि मैले नेपाली भूमिमा बसेर आन्दोनल गरौं भन्दा मानिरहेका थिएनन् । अहिले नेपाल सरकारको एजेन्ट भनेपछि भनाभन भएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment