Comments Add Comment

मड्रिड डर्बी बराबरीमा सकियो, रियलले शीर्ष स्थानमा उक्लने मौका गुमायो

Madrid-derby

१८ असोज, काठमाडौं । स्पेनिस ला लिगाको मड्रिड डर्बी भिडन्त बराबरीमा सकिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो ।

रियलले नवौ मिनेटमा नै करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । तर, अन्तिममा जोगाउन सकेन । तर, ८३ औं मिनेटमा लुसिआनो भियाटाले क्लबका लागि पहिलो गोल गरेपछि एथ्लेटिको मड्रिडले अंक खोसेको छ ।

बराबरीसँगै रियल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । भिल्लारियल ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको १५ अंक छ ।

सेल्टाभिगो र बार्सिलोनाको पनि समान १५ अंक छ । तर, गोल अन्तरका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा छ । एथ्लेटिको मड्रिड भने १३ अंकसहित पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment