+
+
Shares

आयो भूकम्पका अनुभूतिहरु

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १७:०४

काठमाडौं । १२ वैशाखमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरुबारे निबन्ध समेटिएको पुस्तक ‘भूकम्पका अनुभूतिहरु’ सार्वजनिक भएको छ । पुस्तकमा २४ श्रस्टाका निबन्ध छन् । पुस्तकलाई साहित्यकारद्वय गीता रेग्मी र प्रभा बरालले सम्पादन गरेका हुन् ।

bhukampa-ka-anuvitiशुक्रबार विमोचन कार्यक्रममा साहित्यकार विष्णुविभु घिमिरेले दुई महिला लेखकको प्रयासले साहित्यमा पनि इतिहास समेटिएको बताए ।

‘यो ऐतिहासिक दस्तावेज हो,’ उनले भने, ‘भविष्यमा यो पुस्तकले इतिहास सम्झाउनेछ ।’ पुस्तकबारे कार्यक्रममा इतिहासकार प्रा.डा. सुरेन्द्र केसी, नियात्रा समाजका सचिव दामोदर पुडासैनीलगायतले पुस्तकबारे धारणा राखेका थिए ।

अधिकांश वक्ताको एउटै स्वर थियो, ‘साहित्यले यस्तो घटना समेट्दा ऐतिहासिक हुन्छ, आगामि पुस्तालाई हाम्रो समाज चिनाउन मद्दत गर्छ ।’

आदर्श महिला भृकुटी बचत तथा सहकारी संस्थाले प्रकाशन गरेको पुस्तकमा रामचन्द्र तिवारी, दामोदर पुडासैनी, दिपक अर्याल, दिपक भट्टराई, कृष्ण कँडेल, राजनविक्रम थापा, जिवा लामिछाने, गजेन्द्र ठाकुरलगायतको निबन्ध समेटिएको छ ।

रेग्मी र बरालले यसअघि नियात्रा संग्रह ‘यात्राका अनुभूतिहरु’ पनि सम्पादन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?