+
+
Shares

संखुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु   

रासस रासस
२०८२ चैत १८ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाउँमा ट्याक्टर दुर्घटनामा २१ वर्षीय रोशन श्रेष्ठको मृत्यु भएको छ।
  • दुर्घटना विहान वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भएर भएको हो।
  • ट्याक्टर चालक पाँचखपन–३ का १८ वर्षीय विकास दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१८ चैत, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?