+
+
Shares

बाबुरामको प्रश्न- म स्वतन्त्र नागरिक हुँ, प्रतिवन्ध किन ?

१९ असोज, घोराही । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले गरेको नाकाबन्दी र एमाओवादी परित्याग गर्ने आफ्नो निर्णयमा कुनै साइनो नरहेको बताएका छन् । भारतले अन्तराष्ट्रिय पारवहन सन्धीको उल्लंघन गरेको भन्दै उनले आफूलाई शंकाको दृष्टिले हेरिएको गुनासो गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १४:३६

Baburam-Bhattarai-at-Dang

निमुसंगम घर्ती
१९ असोज, घोराही । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले गरेको नाकाबन्दी र एमाओवादी परित्याग गर्ने आफ्नो निर्णयमा कुनै साइनो नरहेको बताएका छन् । भारतले अन्तराष्ट्रिय पारवहन सन्धीको उल्लंघन गरेको भन्दै उनले आफूलाई शंकाको दृष्टिले हेरिएको गुनासो गरे ।

‘भारतले नाकावन्दी गर्‍यो भन्ने कुरा छ त्यो अन्त्यन्त दुःखद छ, गलत छ,’ मंगलबार दाङको लमहीमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय पारवहन सन्धीको घोर उल्लंघन छ, नेपालप्रतिको थिचोमिचो अन्त्य गरौं भन्ने मान्छेलाई आशंका गर्नु पटक्कै मनासिव छैन ।’

कैलालीमा प्रतिबन्ध किन ?

उनले कैलालीमा आफूलाई स्थानीय प्रशासनले नआउन भनेकोमा रोश प्रकट गरे । आफू स्वतन्त्र नागरिक भए पनि किन प्रतिबन्ध लगाइयो भनेर प्रश्न गर्दै उनले जसरी भए पनि कैलाली पुग्ने बताए । डा. भटराईले भने, ‘कैलालीमा म जसरी भए पनि पुग्छु सुरक्षा व्यवस्था गर्नु राज्यको दायित्व हो । म स्वतन्त्र नागरिक हुँ किन प्रतिवन्ध लगाइयो ?’

यसअघि सुरक्षा दिन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कैलाली नआउन भट्टराईलाई गृहमन्त्रालय मार्फत् आग्रह गरेको समाचार सार्बजनिक भएको थियो ।

‘संविधान ढुंगामा लेखिएको अक्षर होइन’

भट्टराई बुधबार कैलाली जाने कार्यक्रम छ । एकीकृत नेकपा माओवादी र संसद सदस्यबाट राजीनामा दिएर मधेस र थारु आन्दोलनलाई समर्थन गर्न जिल्ला दौडाहामा निस्किएका भट्टराई थारुवान-थरुहट संघर्ष समितिले लमहीमा आयोजना गरेको सभालाई सम्वोधन गर्न मंगलबार दाङमा छन् ।

उनले थारुहरुले गरिरहेको आन्दोलन जायज रहेको भन्दै उनीहरुको माग सम्वोधन गर्न संविधान संशोधन हुनुपर्ने धारणा राखे । ‘थारुहरुले आन्दोलन गरेका छन्, त्यसलाई जायज मान्छु, संविधान संसोधन गरेर माग पुरा गर्नुपर्छ,’ उनले भने, ‘ढुंगामा लेखिएको अक्षर त होइन संविधान, संसोधन गरेर जनताको माग पूरा गर्नुपर्छ ।’

उनले बिभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका देशभक्त ब्यक्तिहरुलाई संगठित गरी नयाँ राजनैतिक दल बनाउने योजना रहेको दाहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?