News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नर्सरी व्यवसायी संघको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा १९ चैतदेखि २३ चैतसम्म तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८२ सुरु हुँदैछ।
- एक्स्पोमा ६५ भन्दा बढी स्टलमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा, मलखाद, विषादी, गमला र प्रविधि प्रदर्शनी गरिनेछ।
- संघले यस वर्ष करिब ५१ हजारले अवलोकन गर्ने र १ करोड ५० लाखभन्दा बढी व्यावसायिक कारोबार हुने अनुमान गरेको छ।
१८ चैत, काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौंमा तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ सुरु हुँदैछ ।
नेपाल नर्सरी व्यवसायी संघको आयोजनामा नर्सरी व्यवसायको विकास र विस्तारका साथै प्रोत्साहन गर्ने उद्देश्यसाथ बिहीबारदेखि २३ चैतसम्म काठमाडौं भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो ।
एक्स्पोमा देशभरिका नर्सरी व्यवसायीहरूका व्यवसायिक स्टल, सूचनामूलक स्टल, प्रतिस्पर्धा स्टल लगायत गरी ६५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
एक्स्पोमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिने छ ।
आयोजकका अनुसार मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, गमला, औजार उपकरण तथा प्रविधि समेत प्रदर्शनी हुनेछ ।
यसैगरी एक्स्पो अवधिमा उत्कृष्ट प्रस्तुतिका आधारमा विभिन्न विधामा पुरस्कार वितरण गरिने संघले जनाएको छ ।
संघका अनुसार यस वर्ष करिब ५१ हजार जनाले अवलोकन गर्ने तथा १ करोड ५० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान छ ।
हाल नर्सरी क्षेत्रमा ११ अर्ब ८३ करोड रुपैयाँ बराबर लगानी रहेको र वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँको आर्थिक कारोबार हुने गरेको संघले जानकारी दिएको छ ।
प्रतिक्रिया 4