+
+
Shares

कलर्स मोबाइलका दुई स्मार्टफोन नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १६:१२

Colours Mobile

२० असोज, काठमाडौं । कलर्स मोबाइलले एक्स फ्याक्टर सिरिजका दुई नयाँ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको छ । कलर्सले प्राइड र ट्रेन्ड गरी दुई नयाँ स्मार्टफोन एकसाथ बिक्री सुरु गरेको हो ।

ट्रेन्ड टि-२०

कलर्स ट्रेन्ड टि-२० बनावट र प्रविधि दुवैमा आधुनिक रहेको छ । यसमा एन्ड्रोइड ४.४.२ किटक्याट ओएस अपरेटि्र सिष्टम रहेको छ । ४.५ इन्चको एफडब्लुभिजिपिए आइपिएस डिस्प्ले रहेको यस मोडलमा १५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

यसमा ८ जिबी रोम, ५१२ एमबी र्‍याम, पछाडि ५ मेगापिक्सल क्यामेरा, अगाडि ०.३ मेगापिक्सल क्मयोरा लगायतका सुविधाहरु रहेका छन् । यसको मूल्य ७ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ ।

प्राइड पि-३०

प्राइड पि-३० उत्कृष्टताको सानो प्याकेज हो, यसको डिजाइन उत्कृष्ट रहेको छ भने सञ्चालन विधिहरु पनि उत्कृष्ट छन् । यो स्मार्टफोन थि्रजी फोनको एउटा शुरुवाती स्तर हो ।

यसमा १४५० एमएएच लि-आयोन ब्याट्री, ४ इन्च डब्लुभिजिपिए एलसिडी डिस्प्ले, ८ जिबी रोम, ५१२ एमबी र्‍याम, ओएस ४.४ किटक्याट अपरेटिङ सिष्टम, अगाडि ५ मेगापिक्सल र पछाडि १.३ मेगापिक्सल क्यामेरा लगायतका विशेषताहरु रहेका छन् । यसको मूल्य ६१ सय रुपैयाँ तोकिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?