News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँकेका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका १५ महिलालाई सिलाइ कटाइ मेसिन प्रदान गरेको छ।
- कैलालीमा ५ जना र बाँकेमा १० जना महिलालाई मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
- बैंकले महिलाहरूको आयआर्जन र साना घरेलु उद्योग स्थापना गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।
१८ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले १५ जनालाई सिलाइ कटाइ मेसिन प्रदान गरेको छ ।
चैत ८ गते कैलालीमा र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना मेसिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ । कैलालीमा ५ जना र बाँकेमा १० जना महिलालाई सिलाइ कटाइ मेसिन प्रदान गरिएको हो ।
‘कासगर समुदायका महिलाहरूको जीवनस्तर उकास्ने तथा सिकेको सिपलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने लक्ष्यसहित मेसिन उपलब्ध गराइएको हो’ बैंकले एक विज्ञप्तिमा भनेको छ ‘यस सहयोगले महिलाहरूको आर्थिक पक्षमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै साना, घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन दिएको छ ।’
सिपलाई व्यावसायिक रूपमा उपयोग गर्दै महिलाले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डर अनुसार काम गरी नियमित आम्दानी गर्न वातावरण बन्ने बैंकको भनाइ छ । यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्दछ ।
बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ ।
प्रतिक्रिया 4