+
+
Shares

ऋण चुक्ता गर्न श्रीमतीलाई रातभर साहुको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते ८:१८

ऋण तिर्नको लागि आफुसँग रकम नभएपछि एक पुरुषले आफ्नी श्रीमती नै साहुलाई जिम्मा लगाएका छन् । घटना भारतको मध्यप्रदेशको हो । ऋण मिनाहा गरिदिने भन्दै ऋणीकी श्रीमतीसँग रात बिताउने साहु तथा धन तिर्न नसकेर साहुलाई आफ्नी श्रीमती जिम्मा लगाउने ऋणी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Balatkarलिएको ऋण तिर्न नसकी साहुलाई श्रीमती जिम्मा लगाउने ती पुरुषको नाम राजा बताइएको छ तर पूरै नाम तथा ठेगाना भने खोलिएको छैन । ऋणिकी श्रीमतीमाथि बलात्कार गर्ने साहुको नाम चाहीँ हाकिम रहेको बताइएको छ ।

समाचार अनुसार राजाले प्रायः हाकिमसँगबाट ऋण लिइरहन्थे । ऋण लिइरहने तर तिर्न चाहीँ नसक्ने हुँदा राजाको ऋणको भार बढ्दै गयो । अन्ततः ऋण चुक्ता गर्नका लागि राजा र हाकिमबीच भयंकर सम्झौता भयो । राजाकी श्रीमतीलाई आफुसँग सुत्न पठाएमा आफुले ऋण मिनाहा गरिदिने शर्त हाकिमले राखे । यो शर्तमा ऋणी राजाले सहमती जनाएपछि राजाकी श्रीमती साहु हाकिमबाट बलात्कृत हुन बाध्य भइन् ।

तर आफुमाथि भएको अन्याय उनले सहन सकिनन् र त्यस विरुद्ध प्रहरीमा उजुरी गरिन् । प्रहरीले उनका हुतिहारा श्रीमान तथा बलत्कारी साहु दुबैजनालाई पक्राउ गरेको छ । दुबैज्नामाथि बलात्कारको अभियोगमा मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?