+
+
Shares

एक तिहाइ युवाको धुम्रपानबाटै मृत्यु हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते ८:४१

Smoking
एक नयाँ अध्ययन अनुसार चीनमा दुइ तिहाइ युवाहरुले २० वर्ष भन्दा कम उमेरमै धुम्रपान सुरु गर्ने गरेको देखाएको छ ।

द ल्यासेन्ट जर्नमा छापिएको शोध अनुसार २० वर्षभन्दा कम उमेरका अहिलेका युवाहरुले यदि धुम्रपान नछाड्ने हो भने उनीहरुमध्ये एक तिहाइ युवाहरुको अकालमै मृत्यु हुनेछ ।

शोधकर्ताहरुका अनुसार ती मध्ये झण्डै आधा मानिसको मृत्यु चुरोटकै लतका कारण हुनेछ ।

यो निष्कर्षमा पुग्ने क्रममा शोधकर्ताहरुले चीनमा राष्ट्रव्यापी अध्ययन गरेका थिए र त्यसक्रममा लाखौँ मानिसलाई सहभागी गराएका थिए ।

चीनमा सन् २०१० मा सुर्ति सेवनको कारण झण्डै १० लाख मानिसको ज्यान गएको थियो । शोधकर्ताहरुका अनुसार चीनमा धुम्रपानको दर अहिलेकै रफ्तारमा कायम रहेमा सन् २०३० सम्ममा धुम्रपानका कारण हरेक वर्ष २० लाख जनाले ज्यान गुमाउनेछन् ।

शोध अनुसार चीनका कुल पुरुष मध्ये आधा भन्दा बढिले धुम्रपान गर्दछन् । त्यस्तै २.४ प्रतिशत महिलामा चुरोटको लत रहेको पनि तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?