+
+
Shares

दसैंका लागि सोमबारदेखि गाडी सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ६:५७

Bus

२४ असोज, काठमाडौं । ढिलै भए पनि दसैं मान्‍न घर जाने यात्रुले सोमबारदेखि सवारीसाधन चढ्न पाउने भएका छन्।

सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगम (एनओसी) ले सोमबारदेखि लामो दूरीको बस सञ्चालन गर्ने निर्णय गरेका हुन्। सोमबारदेखि आठ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारीसाधन सञ्चालनमा ल्याइने अन्नपूर्ण पोस्टमा खबर छ।

नाकाबन्दी, असुरक्षा, बन्दहडताल तथा इन्धन अभावमा यसपटक अग्रीम टिकट काट्ने व्यवस्था कार्यान्वयनमा आउन सकेन। अग्रीम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन नसक्दा यसपटक यात्रुको चाप निक्कै बढ्नेछ।यात्रुले यात्राको एक दिनअघि नयाँ बसपार्क, सुन्धारा, कलंकी, गौशाला, कोटेश्वर, चाबहिल, बल्खुलगायतका स्थानका टिकट काउन्टरबाट टिकट काट्नुपर्नेछ।

दसैंमा निर्बाध रूपमा लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग आठ दिनका लागि ७४ लाख ९६ हजार लिटर डिजेल र पेट्रोल माग गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले आठ दिनमा उपत्यकाबाट १५ लाख यात्रुलाई दसैं मान्न घर पठाउने योजना तयार पारिएको जानकारी दिए।

लामो दूरीमा दैनिक ६ हजार दुई सय ५० वटा ठूलो बस सञ्चालनमा ल्याइनेछ । यस्ता बसका लागि दैनिक नौ लाख ३७ हजार लिटर इन्धन उपलब्ध गराइदिन महासंघले एनओसीलाई पत्राचार गरेको छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?