+
+
Shares

कडाखाले रोग निम्त्याउने धुवाँधुलो उपत्यकामा दोब्बर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ६:४१

kathmandu
२५ असोज, काठमाडौं । फोक्सो, मुटु र अन्य संवेदनशील अंग बिर्गार्ने कडा रोग निम्त्याउने हानिकारक । रासायनिक पदार्थसहितको धुवाँधुलोको कण उपत्यकाको हावामा दोब्बर देखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वातावरण विभाग, ४० जना नेपाली र अन्र्तराष्ट्रिय स्तरका वैज्ञानिकको टोली, इसिमोडलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा पछिल्लो एक वर्ष लगाएर गरेको अनुसन्धानले धुवाँधुलोले उपत्यकामा बस्ने कुनै पनि मानिस सुरक्षित नभएको देखाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

ट्राफिक प्रहरी, सडकमा दैनिक पैदल यात्रा गर्ने, सडक छेउछाउमा पसल वा होटल गर्ने र बिहानबेलुका शारीरिक अभ्यासका लागि बाहिर निस्कनेहरुले यस्तो धुवाँधुलोका कण सबैभन्दा धेरै खाने र उनीहरुको फोक्सोले तत्कालै राम्ररी काम गर्न नसकेको अनुसन्धानको निष्कर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?